आक्रमक बन्दै टिभिएस, एकै दिन खोल्यो १० स्थानमा स्वरुम

काठमाडौं । टिभिएस बाइकको नेपालका लागी आधिकारीक बितरक जगदम्बा मोटर्सले एकै साथ दश स्थानमा आफ्नो स्वरुम बिस्तार गरेको छ । कम्पनीले देशका बिभिन्न दश स्थानमा नयाँ स्वरुम बिस्तार गरेको हो । 

कम्पनीले  ग्राहकको बढ्दो चाहानालाइ मध्यनजर गर्दै बिभिन्न स्थानमा आफ्नो शाखा बिस्तार गरेको जनाएको छ ।  पछिल्लो समय नेपालमा टिभिएस बाइक लोकप्रिय हुँदै गइरहेको छ । यसै अबसरमा कम्पनीले आक्रामक रुपमा आफ्नो सन्जाल बढाउँदै लगेको छ ।

  

कम्पनीले उपत्यका र उपत्यका बाहिर एकैसाथ स्वरुम बिस्तार गरेको हो ।  उपत्यका भित्र कुपन्डोल, कान्तिपथ तथा टुसालमा स्वरुम बिस्तार गरेको हो । यसैगरि उपत्यका बाहिर धादिङ, रौतहटको गरुडा, कावास्वती नारायनगढ, रावबिराज, इनरुवा, सिराहा तथा डडेलधुरामा टिभिएस स्वरुम बिस्तार गरेको छ । 

जगदम्बा मोटर्सले नेपालमा टिभिएका बिभिन्न ७ मोडलमा बाइक तथा स्कुटर बिक्रि गर्दै आएको छ । जसमा टिभिएस वीगो,जुपिटर क्लासीक र एनटर्क स्कुर तथा टिभिएस आरआर ३१०, आरटिआर २०० ४भि, आरटिआर १६० ४भि र स्टाइकर १२५ बाइक रहेको छ ।      


Back_to_top