काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी टीभीएसको नयाँ मोटरसाइकल टेष्टिङको क्रममा देखिएको छ । टीभीएसले रेट्रो डिजाइनमा नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको हो ।
टीभीएसको भारतमा रहेको होसुर प्लान्टको नजिकै यो मोटरसाइकल परिक्षणको क्रममा देखिएको हो ।
टीभीएसले पछिल्लो समय धेरै नयाँ मोडलका टे«डमार्क दर्ता गरेको छ । यसबाट कम्पनीले नयाँ मोटरसाइकल छिट्टै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
पक्षिणको क्रममा देखिएको रेट्रो डिजाइन मोटरसाइकल आरटीआर १६० फोर भीमा आधारित रहेको अनुमान गरिएको छ ।
परिक्षणको क्रममा देखिएको उक्त मोटरसाइकलमा राउन्ड सेप हेडल्याम्प, अपस्वप्ट एक्जष्ट, राउन्ड सेप एनालग क्लस्टर, सिंगल पिस सिट, दुबै तर्फ डिस्क ब्रेक देखिएको छ ।
यो मोटरसाइकलमा टीभएसले आरटीआर फोर भीको इन्जिन प्रयोग गरेको अनुमान गरिएको छ । यो इन्जिनले १७ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ ।


