काठमाडौं । टीभीएस मोटर्स इन्डियाले जुलाई ६ मा सार्वजनिक गर्ने मोटरसाइकलको नाम बाहिर आएको छ । कम्पनीले टीभीएस रोनीन् नामबाट नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।
हालै सावैजनिक भएको टीभीएसको ब्रसरमा टीभीएस रोनीन् नाम उल्लेख गरिएको छ । रोनीन् नाम उल्लेख गरिएता पनि यो कुन र कस्तो मोटरसाइकल हो भन्ने एकिन भएको छैन ।
टीभीएसले रोनीन् नामबाट आफ्नो बहुप्रतिक्षित क्रुजर मोटरसाइकल ल्याउने अनुमान गरिएको छ ।
विगतलाई हेर्ने हो भने पनि टीभीएसले कन्सेप्ट मोडल बनाउँदा दिएको नामलाई प्रोडक्सन मोडलमा त्यो नाम दिएको छैन । कम्पनीले अकुला नाम दिएको मोटरसाइकल अपाचे आरआर ३१० को नाममा बजारमा आएको थियो ।
त्यस्तै डार्केन नाम दिएको कन्सेप्ट अपाचे आरटीआर २०० फोरभी र ग्राफिटे नाममा कन्सेप्ट ल्याएको स्कुटर एनटर्क १२५ को नाममा सार्वजनिक गरेको थियो ।
यसलाई आधार बनाएर हेर्दा जेप्लीनको नाममा कन्सेप्ट मोडल सार्वजनिक गरेको मोटसाइकल रोनीन् नाममा आउन सक्ने अनुमान गरिएको छ ।
कम्पनीले जेप्लीन नाममा कन्सेट सार्वजनिक गरेको मोडलको समान डिजाइनमा नै रोनीन् ल्याउने छ भने, यसको हेडल्याम्पमा परिवर्तन हुनेछ । कम्पनीले हालै मात्र टी सेपको हेडलाइटको तस्वीर सार्वजनिक गरेको थियो ।
कन्सेप्ट मोडल जेप्लीनमा २२० सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २० पिएस पावर तथा १८.५ एनएम टर्क जेनेरेट गर्छ ।