काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन माघ)मा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर)को आयात २२ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक जारी गरेको तथ्यांक अनुसार माघ मसान्तसम्म १ लाख ४२ हजार २०८ युनिट पेट्रोलबाट चल्ने दुईपाँग्रे आयात भएको हो ।
गत वर्ष सोही अवधिमा १ लाख १७ हजार ७८ युनिट मात्र दुईपाँग्रे सवारी आयात भएको थियो । यसरी समग्र दुईपाँग्रेको आयातमा बृद्धि देखिदा १२५ सीसी सेग्मेन्टको दुईपाँग्रेका सबैभन्दा धेरै आयात वृद्धि देखिन्छ । अघिल्लो आवमा ७५ हजार ७९९ युनिट १२५ सीसी सेग्मेन्टमा स्कुटर मोटरसाइकल आयात भएको थियो भने, चालु आवमा ८९ हजार ६९९ युनिट आयात भएको देखिन्छ ।
चालु आवमा इलेक्ट्रीक दुईपाँग्रेको आयातमा दोब्बरभन्दा धेरैले बढेको छ । अघिल्लो आवमा ११ हजार ३१८ युनिट दुईपाँग्रे ईभी आयात भएकोमा चालु आवको ७ महिनामै १२ हजार ५२१ युनिट आयात भएको छ ।
गत आवको ७ महिनामा ५ हजार ९७२ युनिट दुईपाँग्रे ईभी आयात भएकोमा चालु आवको सोही अवधिमा १२ हजार ५२१ युनिट आयात भएको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११० प्रतिशत हाराहारीको वृद्धि हो ।

