काठमाडौं । नेपालका लागी युएम बाइकको अधिकारिक विक्रेता आइएमई अटोमोटिभसले “युएम बाइकको धमाका अफर” नामक योजना सावृजनिक गरेको छ ।
कम्पनीले नजिकिदै गरेको चाडपर्वलाई मध्यनजरगरि उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत युएम बाइकको कुनैपनि मोडेलको खरिदमा ८००० रुपैयाँसम्मको पक्का छुट दिने भएको छ ।
साथै हरेक ३०० सीसी बाइकको खरिदमा ग्राहकलाई ४ रात ५ दिनको थाईल्यान्ड टुर बम्पर प्राइजमा दिइने छ । यो योजना २६ भाद्रदेखि ३० कार्तिकसम्म चल्ने कम्पनीले जनाएको छ ।
चलिरहेको नाडा अटो शोमा कम्पनीले स्टल राखेको छ । युएम बाइकको जानकारी अटो शोको स्टल नं.: M2 मा पाउन सकिने छ । कम्पनीको जमलमा रहेको शोरुमबाट टेष्ट राइडलगायतका सुविधा लिन सकिन्छ ।

