निषेधाज्ञापछि ३ लाखभन्दा कम मूल्यको मोटरसाइकल खोज्नेलाई ३ उत्कृष्ट विकल्प

काठमाडौं । अहिले हामी कोभिड १९ को दोस्रो लहरमा रहेका छन् । दोस्रो लहर सुरु भएसँगै पहिलो पटक संक्रमण हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको छ । साथै, पछिल्ला दिनमा पहिलो पटक ७ हजारभन्दा कम संक्रमित भेटिएका छन् ।

भारतमा पनि घट्दो क्रममा संक्रमण देखिएको छ भने नेपालमा पनि संक्रमण दरमा कमी आउने संकेतहरु देखिएका छन् । संक्रमण दर कम भएसँगै विस्तारै अबको दुई हप्तापछि बजारहरु क्रमिकरुपमा खुल्दै जाने देखिएको छ ।

बजार खुलेसँगै काममा फर्कनेहरुले दुई पाङ्ग्रे सवारी खरिद गर्ने अनुमान गरिएको छ । पहिलो लहरपछि पनि मोटरसाइकलको विक्री निकै उत्साहप्रद भएको कारण यस्तो अनुमान गरिएको हो ।

त्यसैले बजार खुलेपछि कम मूल्यमा किन्न सकिने ३ लाखभन्दा कम मूल्यको ३ उत्कृष्ट मोटरसाइकलको विषयमा यहाँ हामीले जानकारी दिने प्रयास गरेका छौं ।

१. बजाज पल्सर १५०

बजाज पल्सर १५० नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा विक्री वितरण गर्दै आएको पल्सर १५० वार्षिक ३५ हजार यूनिटभन्दा धेरै विक्री हुने गरेको छ ।

कम्पनीले यसलाई दुई भेरियन्टमा नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने पल्सर १५० रेगुलर मोडलको मूल्य २ लाख ६६ हजार ९०० र टिडी भेरियन्टको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ ।

यो मोटरसाइकलमा कम्पनीले १४९ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १४ पीएस पावर र १४.२२ एनएम टर्क प्रदान गर्छ । पल्सर १५० आकर्षक लुक्स, उच्च माइलेज र उत्कृष्ट पावरको कारण नेपालमा धेरै विक्री हुने मोडलमा पर्छ ।

२. यामाहा एफजेड भी टु

यामाहा एफजेड भी टु पनि नेपालमा धेरै विक्री हुने मोटरसाइकलमा पर्छ । एफजेडएस भि थ्रीको मूल्य ३ लाख ३० हजार कायम गरेर विक्री हुँदै आएको भएपनि एफजेड भि टुको मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ मात्र रहेको छ । एमएडब्लु इन्टरप्राइजेज् आधिकारीक वितरक रहेको यामाहा नेपालमा स्थापित ब्राण्ड हो ।

कम्पनीले एफजेड भि टुमा यामाहाको व्ल्यूकोर एफआई इन्जिन दिएको छ । १४९ सीसी क्षमताको सिंगल सिलिण्डर अफआई इन्जिनले अधिकतम १३.१ पीएस पावर र १२.८ एनएम टर्क प्रदान गर्छ ।

३. टीभीएस अपाचे आरटीआर १६० फोर भी

जगदम्बा मोटर्सले विक्री गर्दै आएको अपाचे आरटीआर १६० फोर भी विभिन्न रेञ्जमा किन्न सकिन्छ । कम्पनीले यसको कनेक्ट फिचरसहितकोटप भेरियन्टलाई ३ लाख १३ हजार ९०० रुपैयाँ विक्री गर्दै आएको भएपनि आरडी भेरियन्टको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले १६ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ ।

माथि उल्लेख गरिएका दुई मोटरसाइकलको तुलनामा आरटीआर १६० फोर भी मूल्यमा केही महंगो छ भने पावर र डिजाइनमा उत्कृष्ट रहेको मान्न सकिन्छ ।


Back_to_top