काठमाडौं । कम्बस्चन इन्जिन भएका कारको आयात प्रतिबन्ध र ईभीको आयातमा कोभिड १९ संक्रमण गर्दा दशैं तिहारको समयमा पनि नयाँ कार आउन सकेन । चिनियाँ नाका खुल्ला भएको कारण दशैं अघि बीवाइडी एटो थ्री भने नेपाल आउन सक्ने देखिएको छ ।
त्यसैगरी विश्वमै धेरै विक्री हुने विलीङ एयर मिनि ईभी पनि नेपाल आई पुग्ने ईभी नेपालले जनाएको छ । यी दुई गाडी कुनै पनि हिसावले एक अर्काका प्रतिस्पर्धी मोडल भने होइनन् ।
आयातकर्ता कम्पनीहरुले यी दुई ईभीको मूल्य सार्वजनिक गरेका छैनन् । यद्यपि हाम्रो अनुमानमा विलीङ एयर मिनिको सुरुवाती मूल्य २६ लाख हाराहारी हुनेछ । त्यसैगरी लङ रेन्ज एटो थ्रीको मूल्य ८६ लाख हाराहारी पर्नेछ ।
दुबै ब्राण्ड चिनियाँ भएपनि विलीङ एयर मिनि इन्डोनेशियामा उत्पादन भएर आउने छ भने एटो थ्री चीनमा नै उत्पादन भएर आउने छ । त्यसैले यी दुबै ईभी फरक ग्राहकको रोजाईमा पर्ने छन् । कम मूल्यमा ईभी चढ्न चाहनेले विलीङ एयर मिनि छनोट गर्नेछन् भने धेरै रकम खर्च गर्न सक्ने र प्रिमियम कार खोज्नेको रोजाईमा एटो थ्री पर्नेछ ।
विलीङ मिनि
बज्र ग्रुपले नेपाल ल्याउन लागेको नयाँ ईभी जनरल मोटर्स–एसएआईसी–विलीङ गरी तीन कम्पनी मिलेर उत्पादन गरेका हुन् । सन् २०२० बाट चीनमा उत्पादन सुरु भएको यो सानो कार चीनमा सर्वाधिक विक्री हुने सिंगल मोडल हो ।
सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा ७ लाख यूनिट विलीङ विक्री भएको छ । यो मिनि कारको लम्बाई २९७२ एमएम, चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको छ ।
नेपाल आउने यो कारमा दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको कम रेन्ज दिने स्टायडर्ड भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री रहने छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै रहने छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
लङ रेन्ज मोडल भने २८.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । यसमा मोटर पनि ५० किलोवाट क्षमताको दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।
दुई सिट र चार सिट अप्सनमा नेपाल आउने यो ईभीमा एआई फिचर पाउन सकिन्छ । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध हुने छन् ।
एटो थ्री
बीवाइडी एटो थ्री भदौमा नै विक्री सुरु गर्ने तयारी भएको मोडल हो । चीनमा भएको लकडाउनको कारण यो नेपाल आउन नसकेको हो । यसको भित्र र बाहिर थुप्रै आधुनिक फिचर पाउन सकिन्छ । कम्पनीले यसमा १८ इन्चको अलोय ह्वील, लेदर फिनिसिङ सहितको ड्यूल टोन कलरमा सजिएको ड्यासबोर्ड, एक्टीभ सेफ्टी एसिस्टेन्स स्वीट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फर्मेशन डिस्प्ले पाउन सकिन्छ ।
त्यसैगरी बीवाइडीले यसमा वायरलेस चार्जर, किलेस इन्ट्री र स्टार्ट, उत्कृष्ट म्यूजिक सिस्टमको लागि ८ वटा स्पीकर, पानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, रुफरेल, इलेक्ट्रीक विङ मिरर र मल्टी लिङ सस्पेन्सन पाउन सकिन्छ । यी फिचरले एटो थ्रीलाई आरामदायी र फिचर लोडेड बनाएको छ ।
बीवाइडीको ‘ड्रागन फेस ३.०’ डिजाइन ल्याङ्वेजमा तयार भएको यो एसयूभी डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको हो । साइजको कुरा गर्दा बजारमा उपलब्ध कम्प्याक्ट एसयूभीहरूभन्दा ठूलो छ । एटो थ्रीको लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६१५ एमएम छ । यसमा कम्पनीले २७२० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
तुलनात्मक रूपमा एटो थ्रीको बुट स्पेश पनि ठूलो छ । यसमा ४३४ लिटरको बुट स्पेश पाउन सकिन्छ भने ५ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् ।
विद्युतीय गाडीमा सर्वाधिक चर्चा हुने विषय त्यसको मोटर पावर र एक पटकको फुल चार्जमा कति रेन्ज दिन्छ भन्ने हो । तत्काल नेपाल आउने एटो थ्रीमा ६०.४ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४२० किलोमिटर गुडाउन सक्ने कम्पनीको दाबी छ ।
बीवाइडीले दुई लेभलको रिजेनेरेशन ब्रेकिङ प्रदान गरेको गाडीमा पीकपावर १५० किलोवाट भएको विद्युतीय मोटर प्रयोग गरेको छ । यसको मतलव यो गाडीको अधिकतम पावर २०४ पीएस र टर्क ३१० एनएम रहेको छ । एटो थ्रीले ७.३ सेकेन्डमा शून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन सक्छ ।
कम्पनीले सबैभन्दा धेरै टेक्नोलोजीको प्रयोग गरेको एटो थ्रीमा डीआइलिङ फिचर पाउन सकिन्छ । यसले स्मार्टफोन र इन्फोटेन्टमेन्ट सिस्टमलाई जोड्ने काम गर्छ । त्यस्तै डीआइपाइलट फिचर दिएको छ । यसले चालकलाई गाडी चलाउन सहता प्रदान गर्छ । जुन सुरक्षा फिचरसँग सम्बन्धित छ ।
यसमा ३६० डिग्रि क्यामेरा, गाडी र स्मार्टफोन बीच कनेक्ट र सूचना प्रदान गर्ने काम गर्छ । ओभर दी एयर अपडेट, एचभीएसी सिस्टम पाउन सकिन्छ ।