काठमाडौं । भारतीय बजारलाई आधार बनाएर उत्पादन हुने गाडीहरु नेपाली बजारमा प्रायः आउने गरेका छन् । पछिल्लो समयमा सेडान कारको बजारमा गिरावट आईरहेको छ । विशेषत सडकको दुराअवस्थाले यस्ता सवारीसाधनको बिक्रीमा गिरावट आएको माननेहरु धेरै भेटिन्छन् । तथापि कम्पनीहरुले २०१९ मा सेडानकार बजारमा ल्याउने घोषणा गरिसकेका छन् ।
नयाँ आउँदै गरेका ४ सेडान कारको विषयमा आज हामी तपाईहरुलाई जानकारी दिदैछौ ।
न्यु होन्डा सिभिक
होन्डा कम्पनीले २०१९ को फेबु्रवरीमा नयाँ सेडान कार सिभिकको अल न्यू मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा उपलब्ध २.० लिटर फोर सिलिन्डर आइभीटेक पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । यसले १५४ पीएस पावरका साथै १८९ एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै, यसमा उपलब्ध १.६ लिटर फोर सिलिन्डर आइडीटेक टर्बाेचार्ज्ड इन्जिनले १२० पीएस पावरका साथै ३०० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ९ स्पिड सिभीटी गियरबक्स लगाइएको छ ।
होन्डाका कारहरु नेपाली बजारमा स्याकार कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।
मारुती सुजुकी सियाज १.५
मारुती सुजुकीले बजारमा ल्याउने भएको सियाज १.५ डीमा ई–१५–ए १.५ लिटर डिजेल इन्जिन लगाइएको छ । यसले ९५.३० पिएस पावरका साथै २२५ एनएम टर्क उत्पादन गर्छ । यसको साथै यसमा लगाइएको १.५ लिटर आईडिटेक पेट्रोल इन्जिनले १०० पिएस पावरका साथै २०० एनएम टर्क उत्पादन गर्छ । भातरमा लागु हुनेभएको नयाँ इमिशन मापदन्ड अनुसार निर्माण भएको यो कार २१०९ को अन्त्यमा बजारमा आउने छ ।

नेपाली बजारमा मारुती सुजुकीका कार सिजी मोटोर्कपले बिक्री वितरण गर्दै आईरहेको छ । यो कार पनि नेपाली बजारमा आउने मध्यमा पर्ने कार हो ।
२०१९ फक्सस्वागेन भेन्टो
२०१९ मा बजारमा आउने अर्काे मोडल हो, फक्सस्वागेन भेन्टाको फेसलिफ्ट मोडल । कम्पनीले यसमा पुरानो मोडलमा उपलब्ध १.२ लिटर एमपीआई पेट्रोल इन्जिन दिएको छ । आकर्षक फिचरसहित र थप सुरक्षाका फिचर थप हुने यो कार पनि नेपाली बजारमा आउने कारमा पर्छ ।

नेपाली बजारमा फक्सवागेनका कार पुजा इन्टरनेशनलले बिक्री वितरण गर्दै आएको छ । भेन्टोको यसअघिको मोडलपनि नेपाली बजारमा राम्रै संख्यामा बिक्री भएको थियो ।
टोयोटा वेस मारुती सुजुकी कोरोला
मारुतीले टोयोटा कम्पनीसँगको सहकार्यमा निर्माण गरेको कोरोला आगामी फेस्टिभ सिजनमा सार्वजनिक हुनेछ । कम्पनीले भारतको हरियाणामा रहेको मारुती सुजुकीको आरएन्डडी सेन्टरमा यसको उत्पादन गरिहेको छ ।

यो मोडलमा नयाँ बम्पर, ग्रिल, हेडलाइट लगाइएको छ । यसको पावरको ट्रेनेको विषयमा कुनै कुरा बाहिर ल्याइएको छैन । यसलाई नेपाली बजारमा संभवत सिजी मोटोर्कपले ल्याउने छ ।

