कता जाला अटोमोबाइल उद्योग, हेरौं ५ तथ्य

काठमाडौं । हेनरी फोर्डले औद्योगिक स्तरमा गाडी उत्पादन सुरूदेखि अहिलेको अवस्थामा आइपुग्दा अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन आइसकेको छ । अहिले देखिएको परिवर्तन टेक्नोलोजीको विकासले मात्रै नभएर सामाजिक मागको परिणाम पनि हो भन्न सकिन्छ ।

अटोमोबाइल क्षेत्रको भविष्य अब पहुँचयोग्य, गतिशीलता र व्यक्तिगत छनोटसँग मिल्दो हुनेछ । त्यसैले त अटो उद्योगमा सृजनशील सोच बलियो बन्दै गएको छ । गाडी उत्पादकले कारलाई चार पाङ्ग्रे मेटलबक्स मात्र नबनाएर हरेक विषयको सोलुसन बनाउन सफल भएको छ ।

१०० वर्ष अगाडि अटोमोटिभ क्षेत्रलाई कसरी इफिसियन्ट तरिकाले उत्पादन गर्ने भन्नेमा हुन्थ्यो । अहिले यो बिजनेश चक्का भएको स्मार्टफोन वा कम्प्युटर जस्तो बनेको छ ।

नयाँ टेक्नोलोजीको कारण युजर फ्रेन्ड्ली बनाउने, के–केमा एआईको प्रयोग गर्ने, इन्टरनेट कनेक्टिभिटीमा उच्च प्रविधि कसरी विकास गर्ने भन्ने विषयमा उत्पादकहरू केन्द्रित भएका छन् ।

अहिलेको अटोमोबाइल उद्योग इलेक्ट्रीफिकेसन, सेल्फ ड्राइभिङ कार, कनेक्टिभीटी, सस्टेनबिलिटी र एड्भान्स सेफ्टी फिचरमा कसरी अब्बल बन्ने भन्ने विषयमा व्यस्त रहेका छन् । यसका आधारमा अहिले र भविष्यमा अटोमोबाइल क्षेत्रमा प्रयोग हुने ट्रेन्डका बारेमा यहाँ चर्चा गरेका छौँ ।

इलेक्ट्रीक कार अझ इफिसियन्ट हुने

ग्यासोलिनबाट इलेक्ट्रीक मोटरमा भएको परिवर्तन विश्व अटोमोबाइल क्षेत्रको प्रमुख प्रवृत्ति हो । वातावरणीय प्रभावका कारणले जिरो इमिसन भेहिकल टेक्नलोजीको विकासमा सकारात्मक देखिन्छ ।

सफा वातावरणमैत्री इलेक्ट्रीक भेहिकल र हाइब्रिड इलेक्ट्रीक भेहिकलको अझै तीव्र विकास हुनेछ । ब्याट्री टेक्नोलोजी र चार्जिङ पूर्वाधारमा ठूलो प्रगति हुँदैछ । अझै सुरक्षीत, धेरै स्टेबल, कस्ट इफेक्टीभ, लामो लाइफ र हाई इनर्जी डेन्सिटी भएका नयाँ नयाँ टेक्नोलोजीका ब्याट्री विकास भइरहेका छन् ।

चार्जिङ स्टेशन पनि अब १० मिनेटमै सयौं किलोमिटरको चार्ज गर्नका लागि तयार हुँदै छन् । जनरल मोटर्स, भल्भो, एस्टन मार्टिन, जागुवार ल्याण्डरोभर, हुन्डाई, फक्सवागेन, सुजुकी, निसान, टोयोटा, होन्डा जस्ता कम्पनीहरू ईभी उत्पादनमा अझै पनि लगानी बढाइ रहेका छन् ।

टेस्ला, बीवाइडी, नियो, एलआई, एक्सपेङ जस्ता प्योर ईभी ब्राण्डका कारण पुरातन ब्राण्डहरूलाई न्यू इनर्जी भेहिकलमा लगानी थप्न बाध्य बनाएको हो ।

सेल्फ ड्राइभिङ भेहिकलको विकास

नयाँ कार निर्माता कम्पनीहरू व्यापार वृद्धिको नयाँ अवसरका रूपमा सेल्फ ड्राइभिङ प्रविधिको सम्भाव्यतामा लगानी गरिरहेका छन् । अटोनोमस भेहिकल प्रविधि एकदमै प्रारम्भिक चरणमा छ । अहिले सेल्फ ड्राइभिङ टेक्नोलोजीमा टेस्लादेखि हुन्डाईसम्मका ब्राण्डले ठूलो सफलता हात परिसकेका छन् ।

सेल्फ ड्राइभिङ टेक्नोलोजीका ६ वटा लेभल छन् । त्यसमध्ये अहिलेसम्म दोस्रो लेभल मात्रै विश्वव्यापी रूपमा प्रयोग भएको छ । फुल्ली अटोनोमस प्रविधिको प्रयोग हुन अझै धेरै वर्ष कुर्नुपर्नेछ । तर, यसका विभिन्न लेभलको चरणबद्ध विकास भने आगामी दिनहरूमा एकदमै छिटो हुनेछ ।

मोबिलिटी सर्भिस बिजनेशको रूपमा आउँदै

अटोमोबाइल इन्ड्रष्टिमा मोबिलिटी सर्भिस नयाँ ट्रेन्डको रूपमा विकास हुने भएको छ । यसले परम्परागत कार ओनरशिप र पर्सनल भेहिकलको आवश्यकतालाई विस्थापित गर्ने सम्भावना छ ।

टेक्नोलोजीको भरपुर प्रयोग भएका कारण सिंगल प्लेटफर्ममा पब्लिक ट्रान्सपोर्टेसन, ट्याक्सी माइक्रो मोबिलिटी, कार लिज, राइड हेलिङ सबै अटाउनेछ छन् । त्यसले निजी सवारीसाधन नहुँदा पनि आफू उभिएकै ठाँउमा चाहेको भेहिकलले सर्भिस दिनेछ । फाइभ जी, फोर जीको पहुचसँगै स्मार्टफोनको कनेक्टिभिटीमा बढ्दो कभरेजले यस्ता व्यवसायलाई भविष्यमा अझै मौलाउन सहयोग पुग्नेछ ।

अल्टरनेटिभ फ्युलको प्रयोग

यो अटोमोबाइल क्षेत्रमा भित्रिएको एक नयाँ ट्रेन्ड हो । यसले इलेक्ट्रीफिकेसनको विपरीत कार्य गर्छ । तर, अझै पनि विश्वमा धेरै संख्यामा ग्यासोलिन गाडीहरू गुडिनैरहने छन् । केही गाडी उत्पादक तथा स्थानीय भू-वनोट र बिजुलीको पहुँचका कारण ईभीको प्रयोगमा जोड दिँदैनन् ।

त्यसैले, वैकल्पिक उर्जा वायो फ्युल, इथानल, मिथेन जस्ता रिन्यूएबल इन्धनको प्रयोग बढ्दै जानेछ । भारतमा त अझ दुई पाङ्ग्रे साधन पनि सीएनजी (कम्प्रेस नेचुरल ग्यास) बाट चल्ने लन्च भइसकेको छ ।

थ्रिडी प्रिन्टिङ रेभोलुसन

डिजिटल टेक्नोलोजीको फाइदा भनेकै अटो उत्पादकहरूलाई जटिल डिजाइनका पार्टसहरू हलुका तौल भएका बनाउन सक्नु हो । पछिल्लो समय चर्चामा रहेको थ्रिडी प्रिन्टी सिस्टम परम्परागत प्रविधिभन्दा सस्तो र छिटो हुन्छ । साथै, यो प्रविधिले सम्पूर्ण प्रोसेसलाई धेरै इफिसियन्ट बनाउनेछ ।

थ्रिडी प्रिन्टिङ प्रविधिले गाडीको टेस्टिङका लागि आवश्यक प्रोटोटाइप डिजाइनको उत्पादन धेरै छिटो बनाउन सहयोग गर्नेछ । टेक्नोलोजीको विकाससँगै यो प्रविधि उद्योगका लागि अझै बजेटमैत्री हुनेछ । यसले आगामी वर्षहरूमा धेरै भन्दा धेरै अवसरको ढोका खोल्नेछ ।


Back_to_top