काठमाडौं । हेनरी इलेक्ट्रीक कारको आधिकारीक विक्रेता पायोनियर वर्ल्डवाईड प्रालिले हेनरी मिनी कारको परिमार्जित भर्सन नेपाल ल्याएको छ । कम्पनीले आजदेखि भृकुटीमण्डपमा आयोजना हुन लागेको ईभी एक्स्पोमा यसलाई प्रदर्शनी गर्न लागेको हो ।
चिनियाँ डोङफेङ ग्रुप र निसान मोटर्सको संयुक्त लगानीमा निर्माण भएको हेनरी मिनी कार पहिलेभन्दा थप सुरक्षीत भएर आएको कम्पनीले जनाएको छ ।
हेनरी मिनी कारमा अब सुरक्षाको लागि ड्राभर एयरब्याग पनि थपिएको छ । यसका साथै स्टेरिङ्ग माउन्ट कन्ट्रोल बटमहरु पाउन सकिन्छ ।
कम्पनीले परिमार्जन सहित नेपाल ल्याएको हेनरी मिनी कारमा डे टाइम रनिङ लाइट , एलइडी हेडलाइट, नयाँ टेललाइट जस्ता फिचर थप भएर आएको कम्पनीका निर्देशक श्यामसुन्दर सापकोटाले जानकारी दिए ।
हेनरी मिनी कारमा १६.५ किलोवाट आवर क्षमताको ब्याट्री र ३५ किलोवाटको मोटर यसमा दिइएको छ । चालकसहित ४ जना बस्न मिल्ने ५ ढोका भएको हेनरी मिनी कार नेपालमा राम्रै संख्यामा बिक्री भएको देखिन्छ ।
यसलाई सिंगल चार्जमा २०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । हिलहोल्ड असिस्ट , एबीएस, पावर स्टेरिङ्ग, पावर विन्डो, रिभर्स पार्किङ्ग क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर छन् ।
कम्पनीले रातो, निलो, कालो, हरियो, खैरो, सेतो जस्ता कलरमा उपलब्ध हेनरी मिनी कारको मूल्य २४ लाख ५० हजार तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले चाँडै एसयूभी र सेडान इलेक्ट्रीक पनि चाँडै नेपाली बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।
ईभी एक्स्पोमा हेनरी मिनी कार किन्ने ग्राहकलाई १ लाख ५० हजार नगद छुट दिने कम्पनीले जनाएको छ ।

