काठमाडौं । आइफोन एक्सएस म्याक्सलाई बजारमा उपलब्ध स्मार्टफोन मध्यकै उत्कृष्ट र महङ्गो फोनको रुपमा लिइन्छ ।
अत्याधुनिक विशेषतासँगै टिकाउ योग्य भएकाले अन्य कम्पनीको तुलनामा यसको मूल्य उच्च हुने गरेको छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, भारतीय रिकन्डिसन बजारमा उपलब्ध कतिपय आइकोनिक कारको मूल्य आइफोन एक्सएस म्याक्स भन्दा पनि सस्तो रहेको छ ।
मारुती जिप्शी
भारतीय बजारमा मारुती जिप्शीको बिक्री वितरण सुरु भएको ३३ वर्ष पुरा भएको छ । प्रतिष्ठित कारको रुपमा परिचित जिप्शी अटो बजारमा निक्कै रुचाइदै आइएको छ ।

विशेषत यो कार अफोरोडिङ्गका लागि उत्कृष्ट मानिन्छ । आकर्षक एसयुभी जिप्शी निक्कै पावरफुल तथा बलियो रहेको ग्राहकले बताउने गरेका छन् । निक्कै विश्वसनिय मानिएको जिप्शी सेकेन्ड हेन्ड बजारमा करिब ५० हजार भारु पाउन सकिन्छ ।
फोर्ड फिएस्टा १.६

फोर्ड फिएस्टा १.६ पनि प्रतिष्ठित कारको सुचिमा पर्न आउँछ । यो कारको मूल्य पनि टप इन्ड आइफोन एक्सएस म्याक्सको मूल्य बराबर नै रहेको छ । यो मोडल १.४ लिटर पेट्रोल, १.४ लिटर डिजेल र १.६ लिटर पेट्रोल भेरियन्टमा उपलब्ध छ । भारतीय बजारमा उपलब्ध रहेको छ ।
मित्सुबिसी ल्यान्सर

भारतीय बजारमा बिक्रीबितरण भैरहेकामध्ये प्रतिष्ठित सेडान कारको रुपमा चिनीएको मित्सुबिसी लान्सर पनि सेकेन्डहेन्ड बजारमा आइफोन एक्सएस म्याक्सको मूल्यमा खरिद गर्न सकिन्छ । यसको छैठौं जेनेरेशन सन् १९९८ मा सार्बजनिक भएको थियो । विशेषत यो मोडल ड्राइभिङ डाइनामिक तथा रिफाइन्ड पेट्रोल इन्जिनका कारण चर्चित थियो । यसको १.८ लिटर पेट्रोल भर्सनमा भने टिपट्रोनिक ट्रान्समिसन लगाइएको छ ।
हिन्दुस्तान कन्टेसा

हिन्दुस्तान कन्टेसालाई मसल कार अफ इन्डियाको नामले चिनिन्छ । यसको उत्पादन २००२ बाट बन्द भएको थियो, तैपनि, रिकन्डीसन कार बजारमा भने यसको बिक्री वितरण भैरहेको छ । यो कार पनि आइफोन एक्सएस म्याक्सको मूल्यमा खरिद गर्न सकिन्छ ।
होन्डा सिटी भीटेक

सन् २००० मा सार्बजनिक भएको फस्र्ट जेनेरेशन होन्डा सिटी भिटेक १.५ लिटर कार आइफोनको स्मार्टफोनको मूल्यमा किन्न सकिने कार हो । यसमा भिटेक पेट्रोल इन्जिन लगाइएको छ ।
इन्डियन अटोब्लगबाट

