बागमतीमा सवारी दर्ता ४५ प्रतिशतले बढ्यो, एक वर्षमा कति थपिए ?

काठमाडौं । बागमती प्रदेशमा सवारी दर्ता ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बागमतीमा सवारी साधनको दर्ता संख्या ४५.२ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ वार्षिक प्रतिवेदन अनुसार गत वर्ष बागमतीमा कुल १ लाख ३५ हजार ८६६ सवारी साधन दर्ता भएका हुन् ।

यो अघिल्लो आव २०८०/८१ को तुलनामा ४२ हजार २६७ वटा धेरै हो । उक्त वर्ष कुल ९३ हजार ५९९ वटा सवारी दर्ता भएका थिए ।

गत वर्ष बागमतीमा मोटरसाइकलको दर्ता संख्यामा १९.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष मात्रै यस प्रदेशमा १ लाख २ हजार ८११ मोटरसाइकल दर्ता भएका हुन् ।

जबकि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८५ हजार ८७४ मोटरसाइकल दर्ता भएका थिए । त्यस्तै, आव २०७९/८० मा ८३ हजार ५७१ वटा मोटरसाइकल दर्ता भएका थिए ।

गत आवमा बागमीतमा मोटरसाइकल बाहेक अन्य सवारी साधनको दर्तामा ३२७.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्ष बागमीतमा मोटरसाइकल बाहेकका ३३ हजार ५५ वटा सवारी साधन दर्ता भएका थिए । जबकि, अघिल्लो आव २०८०/८१ मा ७ हजार ७२५ अन्य सवारी दर्ता भएका थिए ।


Back_to_top