प्रदेश सरकारले पनि बढायो १०% सवारीसाधन कर, कुनमा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७५/७६को बजेटबाट सवारीसाधनलाई इन्जिन क्षमताको आधारमा राजस्व वृद्धि गरेसँगै प्रदेश सरकारहरुले पनि त्यसको अनुसरण सुरु गरेका छन् । 

प्रदेश नम्बर ३ को सरकारले असार १ गते ल्याएको बजेटमा सवारीसाधनमा लाग्दै आएको सवारी करमा आगामी आर्थिक बर्ष २०७५/७६ देखि लागु हुनेगरि १० प्रतिशतसम्म वृद्धि गरिएको छ । 

उक्त ब्यवस्था अनुसार एउटा हेबी इक्युपमेन्टमा १५ हजार रुपैयाँले बार्षिक सवारीसाधन कर वृद्धि भएको छ । 

१२५ सीसीसम्मको मोटरसाइकलमा २५० रुपैयाँ कर थप गरिएको छ भने, ३ हजार सीसी क्षमता भन्दा बढीका कार जिप भ्यानमा ५ हजार ३०० रुपैयाँले कर वृद्धि गरेको छ । 

प्रदेश ३ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीका अनुसार प्रदेश नम्बर ३ मा दर्ता रहेका सवारी साधनले तिर्ने वार्षिक करमा वृद्धि भएको हो । ‘प्रदेश ३ मा रहेका चितवन र मकवानपुर साविक नारायणीमा र दोलखा, सिन्धुली र रामेछापका सवारी जनकपुरमा दर्ता भएका छन्’ उनले भने ।

निजी सवारी साधन कुनमा कति बढ्यो 

क्र.सं.

सवारीको विवरण

आ.व. २०७४/०७५

आ.व. २०७५/०७६

कार, जीप, भ्यान,
माईक्रो
बस

 

 

क)

१००० सी.सी. सम्म

१९,०००                  

२०,९००                  

ख)

१००१ सी.सी. देखि १५०० सी.सी. सम्म

 २१,०००                 

२३१००                  

ग)

१५०१ सी.सी. देखि २००० सी.सी. सम्म

२३,०००

२५३००

घ)

२००१ सी.सी. देखि २५०० सी.सी. सम्म

३२,०००

३५,२००

ङ)

२५०१ सी.सी. देखि २९०० सी.सी. सम्म

३७,०००

४०७००

च)

२९०१ सी.सी. देखि माथि सम्म

५३,०००

५८,३०००

मेशिनरी उपकरण र मिनी टिपर

 

 

क)

डोजर, एक्साभेटर,
लोडर,
ट्रिपर,
रोलर,
क्रेन

३५,०००

५०,०००

ख)

मिनी टिपर

२५,०००

२७,५००

अटो रिक्सा, थ्री
ह्वीलर
, टेम्पो, ट्रेक्टर र पावर टिलर

 

 

क)

अटो रिक्सा, थ्री
ह्वीलर
, टेम्पो

,०००

,५००

ख)

ट्रेक्टर

,०००

,०००

ग)

पावर टिलर

,०००

,३००

मिनी ट्रक/मिनी
बस

२२,०००

२४,२००

ट्रक/बस

३०,०००

३३,०००

मोटरसाईकल

 

 

क)

१२५ सी.सी. सम्मको

,५००

,७५०

ख)

१२६ सी.सी. देखि २५० सी.सी. सम्म

,०००

,४००

ग)

२५१ सी.सी. देखि ४०० सी.सी. सम्म

,०००

,८००

घ)

४०१ सी.सी. देखि माथि सबै

१५,०००

१६,५००


Back_to_top