काठमाडौं । नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना ल्याएको छ ।
कम्पनीले नयाँ स्कुटर खरिद गर्ने र पुरानो स्कुटर एक्सचेन्ज गर्न चाहाने ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो । यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत भेस्पा वा अप्रिलिया स्कुटर गर्ने ग्राहकले सस्तो ४.९९ प्रतिशत ब्याजदरमै फाइनान्स सुविधा पाउने छन् । यसमा कुनै सर्भिस चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, नयाँ स्कुटर किन्ने ग्राहकले ७ हजार ५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेज मध्ये एक छनोट गर्न सक्नेछन् । मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ। साथै, हरेक स्कुटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कुटर कभर पाउने छन् ।
यस अफरमा आकर्षक एक्सचेन्ज सुविधा पनि पाइन्छ । ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको स्कुटर भेस्पा र अप्रिलियाको नयाँ स्कुटरसँग साट्न सक्ने छन् । एक्सचेन्जमा ग्राहकले न्यूनतम ४० हजार रुपैयाँको ग्यारेन्टि मूल्यांकन र १० हजार रुपैयाँसम्म थप मूल्यांकन पाउने छन् ।
डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतो भेस्पा र अप्रिलियाका प्रिमियम स्कुटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो सुनौलो अवसर रहेको बताए ।
‘जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले ’चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ। प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो। गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,’ उनले भने ।
यो अफर पुस ९ गतेदेखि फागुन ८ गतेसम्म देशभरका सबै भेस्पा र अप्रिलिया शोरूमहरूमा लागू हुनेछ ।

