ठूलो साइज र कम मूल्यको एसयूभी ल्याउँदै फक्सवागेन

काठमाडौं । युरोपियन अटोमोबाइल कम्पनी फक्सवागेनले आगामी म्युनिख मोबिलिटी शोमा नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट देखाउने भएको छ । इन्ट्री लेभल एसयूभी सेग्मेन्टमा आउने एसयूभीको आधिकारिक डिजाइन स्केच बाहिर आएसँगै चर्चा चुलिएको हो ।

सबकम्प्याक्ट एसयूभी क्लासको नयाँ इलेक्ट्रीक एसयूभीको फ्रन्टमा स्पोर्टी स्लीम एलईडी हेडलाइट र बम्परमा रेगेड स्किड प्लेट रहेको देखिन्छ । रियरमा स्पोर्टी फुलविथ टेललाइट र एक्स्ट्रा एलईडी सहितको फ्युचरस्टिक डिफ्युजर रहेको छ ।

नयाँ इलेक्ट्रीक एसयूभी फक्सवागेन ग्रुपको एमईभी प्लेटफर्ममा बन्नेछ । यसको अगाडि इलेक्ट्रीक मोटर रहने छ । टप मोडलमा अल ह्वील ड्राइभ अप्सन पाउन सकिने अनुमान छ ।

आगामी वर्ष लन्च हुने अनुमान गरिएको नयाँ इलेक्ट्रीक एसयूभी साइजमा ठूलो र मूल्यको हिसाबले सस्तो हुने बताइएको छ । यसको अन्तर्राष्ट्रिय बजार प्रवेश सन् २०२६ को अन्तिमसम्मा हुने अनुमान छ । कम्पनीले नयाँ गाडीको नाम समेत बाहिर ल्याएको छैन ।


Back_to_top