ईभी उत्पादनमा तात्यो जर्मन ब्राण्ड, भयो चिनियाँ कम्पनीसँग सहकार्य

काठमाडौं । चिनियाँ उत्पादकले पूर्णरुपमा डोमिनेट गरेसँगै जर्मन ब्राण्ड फक्सवागेनले सीएटीएलसँग साझेदारी थालेको छ । फक्सवागेन चाइनाले पहिलो पटक ब्याट्री जाइन्ट सीएटीएलसँग साझेदारी सुरु गरेको हो ।

यी दुई कम्पनीको साझेदारीबाट कम मूल्यको हाइ पर्फमेन्स ब्याट्री उत्पादन गर्ने लक्ष्य राखिएको छ । ‘फक्सवागेन ग्रुपको चीन रणनीति’ अनुसार भएको साझेदारीले चीनमा कम्पनीको उपस्थिति मजबुद बनाउने अल्फोन्सो सान्चोले बताए । सान्चो फक्सवागन चाइनाका भाइस प्रसिडेन्ट हुन् ।

यस साझेदारीलाई वृहत बनाउन सीएटीएल र फक्सवागेन ग्रुप टेक्नोलोजी कम्पनी लिमिटेडसँगै फक्सवागेनका चिनियाँ साझेदारहरु एसएआईसी-फक्सवागेन, एफएडब्लू-फक्सवागेन र फक्सवागेन आन्हुइ बीच सहकार्यको थालनी गरिएको हो ।

यस सम्झौंताले दुबै कम्पनीलाई निकै उत्साहित बनाएको छ । यिनीहरुको साझेदारीले कच्चा पदार्थको सप्लाई र भेहिकल टु ग्रिड टेक्नोलोजी विकासमा सहयोग पुग्ने बताइएको छ ।

समग्रमा सन् २०२४ मा फक्सवागेन ग्रुपले चीनमा २९ लाख युनिट कार बिक्री गरेको थियो । जुन सन् २०२३ को तुलनामा १० प्रतिशतले कम हो । कम्पनीले चीनमा २०२४ मा केबल १ लाख ३० हजार युनिट इलेक्ट्रीक भेहिकल मात्रै बिक्री गरेको छ ।

फक्सवागेनले चीनमा बढ्दो न्यू इनर्जी भेहिकलको प्रयोगमा आफुलाई बलियो बनाउन सीएटीएलसँग साझेदारी थालेको सहजै अनुमान लगाउन सकिन्छ । उता सन् २०२४ मा २४६ गिगावाट आवर ब्याट्री उत्पादन गरेको सीएटीएल पनि विश्वकै दोस्रो ठूलो कार उत्पादकसँगको सहकार्यबाट निकै उत्साहित देखिन्छ ।


Back_to_top