काठमाडौं । जर्मन निर्माता फक्सवागेनले धेरैभन्दा धेरै मानिसले खरिद गर्न सक्ने मोडलको विकास गरिरहेको छ । आगामी वर्षबाट बजारमा आउने नयाँ इलेक्ट्रीक कार फक्सवागेन कै सबैभन्दा कम मूल्यको ईभी बन्ने पक्का छ ।
अहिले नै यसको विषयमा धेरै जानकारी कम्पनीले बाहिर नल्याएपनि यसको सडक परिक्षण सुरु भइसकेको कारण धेरै मानिसले यसमा रहेका फिचरहरुको अनुमान लगाएका छन् । सम्भवत आई-वान नाममा आउने यो कार अहिले धेरैले प्रतिक्षा गरिरहेको मोडल हो ।
‘आईडी टु अल प्रोजेक्ट’ नाम दिइएको नयाँ ईभीमा सीएटीएलले उत्पादन गरेको ३८ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिने रिपोर्टहरुले दावी गरेका छन् । यसको लङ रेन्ज भर्सनमा भने इनर्जी डेन्सीटी धेरै हुने निकेल बेसको ब्याट्री रहने सम्भावना रिपोर्टहरुले देखाएका छन् ।
फक्सवागेनले यसको सुरुवाती मूल्य २२ हजार डलर भित्रै राख्ने बताइएको छ । जर्मन अटोमोवाइल जायन्टसँग हाल आईडी ४ एसयूभी, आईडी ७ सेडान तथा आईडी बज माइक्रोबस विद्युतीय साधनको लाइनअपमा छन् । यी ईभीहरु क्रमशः २०२४ र २०२५ मा बजारमा आउने छन् ।


