काठमाडौं । जर्मन कार निर्माता फक्सवागेनले नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी बुधबार (मार्च १५ तारिख) नयाँ ईभी देखाउने भएको हो ।
नयाँ ईभी कम्पनीले आफ्नो लिङ्कडिन, युट्युब र ट्वीटरमार्फत लाइभ स्ट्रिम गर्ने भएको छ । यसका लागि कम्पनीले ‘भीडब्ल्यू फर द पिपल’ नामक ह्याशट्याग सुरूआत गरेको छ ।
यो ह्याशट्याग फक्सवागेनले निकै सस्तो र कम्प्याक्ट साइजको ईभी अनावरण गर्न तयार भएको अनुमान गर्न सकिन्छ ।
कम्पनीले नयाँ ईभी सार्वजनिक गर्ने विषय बाहिरिएसँगै पछिल्लो समयमा ह्याचब्याक मोडलको नाम आइडी. १ र क्रसओभरको नाम आइडी.२ हुने चर्चा हुँदै आएको छ ।
अक्टोबर २०२२ मा अटोकारसँगको अन्तर्वार्तामा फक्सवागन ब्रान्डका सीईओ थोमस शेफरले पनि ‘गल्फ ब्याज’ नामलाई संकेत गरेका थिए ।
यो ईभी हालको एमईबी आर्किटेक्चरको अपडेटेड भर्सन एमईबी प्लस प्लेटफर्ममा आधारीत हुने बताइएको छ । यसमा न्यू लिथियम आइरन फोस्फेट प्रिस्मेटिक ब्याट्री सेल प्रयोग गरिएको छ । यो नयाँ प्रविधि ब्याट्रीको चार्जिङ स्पीड भने २०० किलोवाट सम्मको रहेको छ ।
यो ईभी सन् २०२५ मा विक्री वितरणका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

