आगामी जनवरीमा इलेक्ट्रीक एक्टिभा सार्वजनिक हुने

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले नयाँ इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको छ ।

कम्पनीले आफ्नो सर्वाधिक सफल स्कुटर एक्टिभाको इलेक्ट्रीक भर्सन सन् २०२४ को जनवरीमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले यसअघि नै एक्टिभा इलेक्ट्रील स्कुटर ल्याउने घोषणा गरेको थियो भने हालै सार्वजनिक गर्ने मिति तय गरेको छ । एक्टिभा आगामी जनवरीमा २०२३ मोडल एक्टिभाको लन्चको समयमा नै सार्वजनिक गर्ने कम्पनीले पुष्टि गरेको छ ।

कम्पनीका अनुसार एक्टिभा इलेक्ट्रीकको टपस्पीड ५० किलोमिटर प्रति घण्टाको हुनेछ । यो स्कुटरलाई एकपटकको फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

यसको बाहिरी डिजाइन भने रेगुलर होन्डा एक्टिभाको जस्तै हुनेछ । इलेक्ट्रीक स्कुटरमा प्रयोग हुने सस्पेन्सन, ब्रेक लगायतका कम्पोनेन्ट एक्टिभाको रेगुलर मोडलबाट नै लिने अनुमान गर्न सकिन्छ ।

यो स्कुटरले सार्वजनिक पछि टीभीएस आइक्यूबसँग प्रतिष्पर्धा गर्नेछ ।


Back_to_top