बीवाइडी र नेटा अब थाइल्याण्डमा उत्पादन हुने

काठमाडौं । चर्चित दुई चिनियाँ ईभी ब्राण्ड बीवाइडी र होजोन मोटसर्ले चीन बाहिर आफ्नो पहिलो प्लान्ट स्थापन गर्ने भएका छन् । दुवै कम्पनीले थाइल्याणडमा फ्याक्ट्री स्थापना गर्ने भएका हुन् ।

चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनीहरूले एसिया प्यासेफिक र मिडलइस्टको बड्दो बजारलाइ दुष्टिगत गर्दै थाइल्याण्डमा प्लान्ट निर्माण गर्न लागेका हुन् ।
थाइल्याण्डमा बीवाइडीले प्यासेन्जर कार उत्पादन प्लान्टको  डब्लुएचए रेयोङ ३६ औद्योगिक स्टेटस्थित करिब ९ लाख ६० हजार वर्गमिटरको क्षेत्रफलमा रहेको छ ।

कम्पनीले उक्त प्लान्टमा  आगामी वर्षदेखि उत्पादन सुरू गर्ने लक्ष राखेको छ ।  यो प्लान्टको वार्षिक रुपमा १ लाख ५० हजार युनिट सवारी उत्पादन गर्ने क्षमता रहेको छ ।

बीवाइडीले गत वर्ष सेप्टेम्बर ८ तारिखमा प्यासेन्जर कार उत्पादन प्लान्ट निर्माणका लागि डब्ल्यूचए ग्रुपको सहायक कम्पनी डब्ल्यूएचए इन्डष्ट्रियल डिभलपमेन्ट पीएलसीसँग जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरेको थियो ।

उक्त परियोजना अन्तर्गत, कम्पनीले  १७.९ खर्ब थाइ भाट अर्थात् ४९.१ करोड डलर लगानी गर्ने छ । अक्टोबर १० तारिखमा बीवाइडीले आफ्नो स्थानीय साझेदार कम्पनी रेभर अटोमोटिभसँगको सहकार्यमा थाइल्यान्डमा एटो थ्री लन्च गरेको थियो ।  कम्पनीले थाइल्याण्डमा यो मोडलको बिक्री १० हजार यूनिट गरिसकेको छ ।

यस्तै, अर्को चिनियाँ विद्युतीय सवारी उत्पादन होजोन अटोले पनि थाइल्याण्डमा मार्च १० तारिखका दिनबाट प्लान्ट निर्माणको काम सुरू गरेको छ। नेटा ब्राण्डको उत्पादक होजोनले थाइल्याण्डको ब्याङ्ककस्थित आफ्नो प्लान्टको आधारशीला राखेको हो । उक्त प्लान्ट सन् २०२४ को पहिलो महिनाको अन्तिम सातासम्ममा सञ्चालन हुने अपेक्षा गरिएको छ ।



कम्पनीका अनुसार यो प्लान्ट नेटाको पहिलो विदेशी कारखाना रहेको छ भने यसबाट वार्षिक रुपमा २० हजार युनिट उत्पादन हुने बताइएको छ ।  


Back_to_top