यामाहाले भारतमा नै बनाउने भयो ‘डब्ल्यूआर १५५ आर’

काठमाडौं । यामाहाले भारतीय बजारमा ड्यूल स्पोर्ट मोटरसाइकल ‘डब्ल्यूआर १५५ आर’ को उत्पादन भारतमा गरिरहेको रिपोर्ट बाहिर आएको छ । कम्पनीले केही समयअघि इन्डोनेसियामा बिक्री सुरु गरेको यो मोडल भारतमा नै बनाउन लागेको हो ।

यामाहाले ल्याउने डब्ल्यूआर १५५ ले हिरो एक्सपल्स २००, रोयल इन्फिल्ड हिमालयन जस्ता मोडलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

यामाहाले यसमा एमटी १५ र आर १५ भी ३ मा रहेको इन्जिन प्रयोग गरेर उत्पादन गर्न लागिएको अनुमान गरिएको छ । उक्त १५५ सीसी क्षमताको इन्जिनले १० हजार आरपीएममा अधिकम १६.७ पीएस पावर र ६५०० आरपीएममा १४.३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध हुने छ ।

कम्पनीले यो मोटरसाइकलमा २४५ एमएम ग्राउन्ड क्लियरेन्स दिने छ । सिंगल पिस ह्याण्डलबारले मोटरसाइकल चलाउन निकै सहज हुने छ ।
यामाहाले २०२१ मा ‘डब्ल्यूआर १५५ आर’ बजारमा उतार्ने अनुमान गरिएको छ ।

फुल डिजिटल इन्ट्रुमेन्टल कन्सोल रहने यो मोटरसाइकललाई एडभेञ्चर बनाउन अगाडि २१ इन्च र पछाडि १८ इन्चको आल्मुनियम ह्वील दिइएको छ ।

८ इन्चको फ्यूल ट्याङ, हाजार्ड लाइट, ड्यूल प्रपोज टायर, अगाडि लामो दुरीको यात्रा सुहाँउदो टेलिस्कोपिक फर्क र पछाडि ग्यास शक एब्जर्वर दिइएको छ ।


Back_to_top