विङ्गो कारः ६ लाख ४० हजार डाउन पेमेन्ट, यस्तो छ मासिक किस्ता

काठमाडौं । दुई दिन अगाडि बजारमा आइपुगेको विलिङ विङ्गो आगामी आइतबारबाट टेष्ट ड्राइभ र बुकिङ खुला हुने भएको छ । पारामाउन्ट मोटर्सले त्यस अगाडि रोड वर्दिनेस टेष्ट लगायतका प्रक्रिया पुरा गर्दैछ ।

इन्डोनेशियामा विलिङले उत्पादन गरेको विङ्गो ह्याचव्याक नेपाल आएको हो । कम्पनीले इन्टोडक्टरी प्राइसभन्दै ३१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विङ्गो बिक्री गर्न लागेको हो ।

प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आएको विङ्गोको प्रतिस्पर्धी इलेक्ट्रीक मोडल तत्काल भने बजारमा उपलब्ध छैन । टाटा टियागोभन्दा माथिल्लो सेग्मेन्टमा आउने विङ्गोले कस्तो ब्यापार गर्छ, त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।

कति पर्छ मासिक किस्ता ?

कुनै पनि गाडीको मासिक किस्ता आफुले सुरुमा डाउन पेमेन्ट वापत बुझाउने रकम र ब्याजदरपछि एकिन गर्न सकिन्छ । विद्युतीय गाडी किन्दा २० प्रतिशत डाउन पेमेन्ट मात्रै गर्दा पनि गाडी लिन सकिन्छ । त्यसैले यसमा पनि त्यसैलाई आधार बनाएर हेरौं ।

गाडीको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको २० प्रतिशतले हुन आउन ६ लाख ३९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसपछि बाँकी रकम २५ लाख ५९ हजार २०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ ।

यसरी बैंकबाट लिने कर्जा अहिले ९ देखि १० प्रतिशत ब्याजदरमा पाउन सकिन्छ । त्यसको बीचमा रहेर ९.५ प्रतिशतले कर्जा सुविधा हिसाव गर्दा ७ वर्षसम्म मासिक ४१ हजार ८२७ रुपैयाँ किस्ता बापत बुझाउनु पर्ने हुन्छ ।

यस्तो छ विङ्गो

विलिङ विङ्गो ईभीमा ३२ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसको पीकपावर क्षमता भने ४९ किलोवाट रहेको छ । ह्याचव्याक कारको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ ।

विङ्गोमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर रहेको छ । यसको ड्यासबोर्ड पनि सफ्टटच मेटेरियलबाट बनेको छ ।


Back_to_top