इटाली पुग्यो टीभीएस मोटरसाइकल

काठमाडौं । टीभीएस मोटर्सले इटालीयन बजारमा प्रवेश गर्ने भएको छ । भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले इटालीमा टीभीएसका स्कुटर तथा मोटरसाइकलको बिक्री सुरु गर्ने भएको हो ।

कम्पनीले टीभीएस मोटर्स इटालीको स्थापना गर्दै टीभीएसको सेवा इटालीमा विस्तार गर्ने भएको हो ।

हालसम्म टीभीएस मोटर्सले विश्व बजारका ८० देशमा आफ्नो सेवा दिँदै आएको छ ।

टीभीएसले इटालीयन बजारमा एनटर्क १२५, अपाचे आरटीआर ३१०, रेडर, आरआर ३१० तथा जुपीटर जस्ता मोडल बिक्री गर्ने योजना बनाएको हो ।

योसँगै टीभीएस इलेक्ट्रीक स्कुटर समेत उपलब्ध गराउने योजना भएको कम्पनीको भनाई छ ।

 


Back_to_top