यस्तो छ केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची

काठमाडौं । पछिल्लो दुई महिनामा केटीएम मोटरसाइकलले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले केटीएम २५० ड्यूक र ३९० ड्यूकको थर्ड जेनेरेशन सार्वजनिक गरको हो ।

नयाँ मोटरसाइकल सार्वजनिक गरेसँगै कम्पनीले केटीएम ३९० ड्यूकको मूल्य १ लाख रुपैयाँ घटाएको हो ।

कम्पनीले एकैदिन देशरभबाट ५० यूनिटभन्दा धेरै ३९० ड्यूक डेलिभरी समेत दिएको हो । यसअघि सार्वजनिक गरेको २५० ड्यूकको समेत ६० यूनिट डेलिभरी दिएको थियो ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले १ लाख रुपैयाँ घटाएर ८ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर ३९० ड्यूकको थर्ड जेनेरेशन बिक्री सुरू गरेको हो ।

त्यस्तै अघिल्लो महिना ल्याएको २५० ड्यूकको मूल्य ७ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको थियो ।

त्यस्तै केटीएमले बिक्री गर्ने अन्य मोटरसाइकलमा २५० एड्भेन्चरको मूल्य ७ लाख ९ हजार ९०० रुपैयाँ, केटीएम २५० ड्यूकको मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ र आरसी २०० को ६ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको सबै मोडल बीएस ६ इन्जिनमा रहेका छन् ।


Back_to_top