एक्सपेङ ‘एक्स-नाइन’ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । एक्सपेङको लग्जरी एमपीभी एक्स-नाइन आगामी भदौ ३ गतेदेखि आयोजना हुने ‘नाडा अटो शो २०२५’ मा सार्वजनिक हुने भएको छ ।

एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स नाइन सार्वजनिक गर्ने भएको हो ।

एक्सपेङले एक्स-नाइन एमपीभीलाई ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनाएको हो । यसले ३३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

एक्सपेङ एक्स-नाइनमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसमा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसको डब्लूएलटीपी रेन्ज ४८० किलोमिटर छ ।

एक्सपेङको एक्स-नाइन एमपीभीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम छ । हाइटेक फिचरले भरिपूर्ण एमपीभीमा लाइडार बिनाको हक आई एडास सिस्टम दिएको छ । यसमा जिरो ग्राभिटी सिट डिजाइन भएकोले लग्जरी यात्रा गर्न सकिन्छ ।

यात्रुको आरामको लागि सस्पेन्सन सिस्टममा ‘सिक्स डी एआई एन्टी मोसन सिक्नेस’ उपलब्ध छ । यसमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिङ्क इन्डिपेन्डेन्ड सस्पेनसन छ । यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको छ । जसले एक्स-नाइनको उचाइ ९० एमएमसम्म बढाउन सकिन्छ ।

यसको क्याबिनमा रियर प्यासेन्जरको लागि समेत सिलिङ माउण्टेड २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिएको छ । प्यानारोमिक सनरुफ, फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल पाउन सकिन्छ ।


Back_to_top