काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लू राइडले ‘ड्रिम इट, वन इट’ नारासहित ७.९९ प्रतिशत ब्याजदरको स्कीम संचालनमा ल्याएको छ । कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई सस्तो ब्याजदर अफर गरेको हो ।
सिमति अवधिको लागि मात्रै भन्दै सुरु भएको स्कीम पुस १० गतेबाट कार्यान्वयवमा ल्याएको हो । कम्पनीले नयाँ स्कीममा ब्याजदर मात्रै कम तोकेको छैन, फाइनान्स सुविधामा लचकता पनि अपनाएको छ । फाइनान्स प्रोसेसको लागि चाहिने डकुमेन्टहरु सरलीकरण गरिएको कम्पनीको भनाई छ ।
यस योजना अन्तर्गत टेष्ट ड्राइभ एण्ड विन अभियान पनि चलिरहेको छ । हरेक मोटरसाइकल टेष्ट ड्राइभ गर्ने उपहार पाउने छन् । साथै, लक्की ड्रबाट एकजनाले आकर्षक उपहार पाउने छन् ।
‘ड्रिम इट, वन इट’ योजना खासगरी वित्तिय योजना हो । कम ब्याजदरमै यामाहाका साधन किन्न चाहनेले यसबाट राम्रो लाभ लिन सक्नेछन् । विगत १५ वर्षदेखि एफआई टेक्नोलोजीमा सफलता हासिल गरिरहेको यामाहाका मोटरसाइकलहरु सहज तरिकाले तपाईहरुले घर लान सक्नु हुनेछ’, एमएडब्लू राइडका कार्यकारी निर्देशक तथा सीईओ दीपक अग्रवालले भने ।


