यामाहाको एक्सचेन्ज अफर देशैभर संचालन, विना ब्याजमा मोटरसाइकल पाइने

काठमाडौं । यामाहाको ‘एक्चेन्ज एण्ड अपग्रेड’ एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेन्जमा नगद छुट तथा थप मूल्याङ्क दिन अफर ल्याएको हो ।

जापनी मोटरसाइकल यामाहाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नेपार भरका यामाहाका आधिकारिक शोरुमबाट एक्सचेन्ज अफर पाइने छ । यो योजना भाद्र ८ गतेदेखि १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो एक्स्चेन्ज योजनामा ग्राहकले कुनै पनि ब्रान्डको जुनसुकै पुरानो मोटरसाइकलसँग यामाहाको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ । हरेक एक्स्सचेन्जमा बजार मूल्यमा १५ हजार रुपैयाँ थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ । यसै योजनामा नगदमा मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकले ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी, यो योजना अन्तर्गत कुनै पनि स्कीममा मोटरसाइकल खरिद गर्दा निःशुल्क एशोसरिज प्राप्त गर्न सकिने छ । यसै योजनामा विभिन्न ईएमआई सुविधासमेत उपलब्ध गराएको छ । ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले व्याज तिर्नु पर्दैन भने ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गरेर पनि मोटरसइकल तथा स्कुृटर खरिद गर्न सक्नेछन् ।


Back_to_top