यामाहाको नयाँ मोटरसाइकल आर १५ एम चाँडै आउने

काठमाडौं । यामाहा आर १५ भी ३ नेपाली बजारमा निकै नै लोकप्रिय मोटरसाइकल रहेको छ । हालै मात्र भारतमा आर १५ भी ३ जस्तै देखिने मोटरसाइकल टेष्टिङ भइरहेको तस्वीरहरु बाहिर आएको थियो ।

धेरैले यसलाई न्यू जेनेरेशन आर ३ भनेर अनुमान गरेका छन् तर, यो मोटरसाइकल आर १५भी ३ सँग मिल्दो डिजाइन रहेको नयाँ मोटरसाइकल भएको अनुमान सुरु भएको छ ।

हालै मात्र सार्वजनिक एक रिपोर्टका अनुसार यामाहाको नयाँ मोटर साइकल भएको तथ्य बाहिर आएको हो । यामाहा इन्डियाले १५५ सीसी इन्जिन क्षमता भएको यामाहा ‘आर १५ एम’को पेटेन्ट दर्ता गराएसँगै नयाँ मोटरसाइकल आउने चर्चा बढेको हो ।

यामाहाले प्रयोग गरेको ‘नेम ट्याग एम’ का कारण यसलाई आर १५ भी ३ को तुलनामा प्रिमियम रहने अनुमान गर्न सकिन्छ । किनकी यामाहाले अन्य प्रिमियम मोटरसाइकलमा एम नेम ट्याग प्रयोग गर्ने गरेको पाइन्छ ।

कम्पनीले दर्ता गरेको पेटेन्टका आधारमा हेर्दा आर १५ एमको लम्वाई १९९०, चौडाई ७२५ एमएम, उचाई ११३५ एमएम, ह्वील वेस १३२५ एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । यसको फ्रन्टमा २८२ एमएम डिस्क र रियरमा २२० एमएम डिस्क रहने छ । यसमा डबल च्यानल एबीएस फिचर रहने रहने छ जुन आर १५ भी ३ कै समान रहेको छ ।

आर १५ एमको फ्रन्टमा न्यू एलइडी प्रोजेक्टेर हेडल्याम्प, न्यू विन्ड स्क्रिन, एलइडी टेलल्याम्प, नयाँ बडी प्यानल रहेको छ । यस्तै यसमा गोल्डने कलर यूएसडी फर्क दिइएको छ । यसमा यामाहाले कनेक्टेड फिचर दिने अनुमान समेत गर्न सकिन्छ ।

यो मोटरसाइकलमा १५५ सीसी इन्जिन रहने छ भने यसले १३.५ किलोवाट पावर जेनेरेट गर्छ जुन आर १५ भी ३ भन्दा केही कम हो । यसमा ६ स्पीडको गियरबक्स रहने छ ।


Back_to_top