यामाहाले नेपाल ल्याउँदै नयाँ मोटरसाइकल

यामाहाले रेट्रो लुक्समा भारतमा विक्री सुरु भएको एफजेड-एक्स मोटरसाइकल नेपाल ल्याउने तयारी तिब्र बनाएको छ । कम्पनीले आगामी दशैं अगाडि नै एफजेड-एक्स नेपाल ल्याउने तयारी गरेको हो ।

‘हामी नयाँ मोटरसाइकल चाँडो भन्दा चाँडो ल्याउनेगरी तयारी गरिरहेका छौं । संम्भवत दशैं अघि नै नेपाल आउने छ’, एमएडब्लू स्रोतले मेरोअटोसँग भन्यो ।

१५० सीसी सेग्मेन्टमा तयार भएको रेट्रो डिजाइनको एफजेड-एक्स मूल्यको हिसावले पनि सेग्मेन्टकै सबैभन्दा सस्तो मोटरसाइकल हुने अनुमान गर्न सकिन्छ । यो सेग्मेन्टमा अहिले ४ लाखभन्दा माथि मूल्य भएका मोटरसाइकल मात्रै विक्री वितरण हुँदै आएका छन् ।

एफजेड-एक्स रेट्रो लुक मोर्डन टेक्नोलोजिमा आधारित रहेर निर्माण गरिएको छ । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेको छ ।

कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिएको छ । एफजेड एक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । साथै, यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेड-एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top