काठमाडौं । यामाहाले युरोपेली बजारमा एमटी १२५ को २०२१ मोडल सार्वजनिक गरेको छ । कम्पनीले तीन नयाँ कलर स्कीममा यो मोटरसाइकल सार्वजनिक गरेको हो ।
स्ट्रोम फ्लुओ, आइकन ब्लु र टेक ब्ल्याक कलरमा ल्याएको २०२१ एमटी १२५मा फ्यूल ट्याङकको साइज समेत बढाएको छ । यसअघि यसमा १० लिटरको ट्याङ रहेको थियो भने नयाँ मोडलमा ११ लिटर क्षमताको बनाइएको छ । यसका अलावा कम्पनीले कुनै पनि परिवर्तन गरेको छैन ।
एमटी १२५ को नयाँ जेनेरेशन मोडलमा सिग्नेचर एलइडी पाइलट ल्याम्प, वाइ फङ्गसनल एलइडी हेड ल्याम्प दिइएको छ । नयाँ एमटी १२५ मा दिइएको सस्पेन्सन, च्याचिस, ब्रेक र अन्य थुप्रै पार्टस एमटी १५ बाट लिइएको छ ।
कम्पनीले यसमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिएको छ । जुन भीभीए टेक्नोलोजीमा आधारित रहेको छ । ६ स्पीड गियरबक्समा आएको यो मोटरसाइकलमा दिइएको इन्जिनले अधिकतम पावर १४.७ बीएच र पिक टर्क १२.४ एनएम जेनेरेट गर्छ ।
एमटी १२५ को अगाडि इन्भटेड र पछाडि मोनोसक दिइएको छ । मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएसले मोटरसाइकलाई निकै सुरक्षीत बनाएको छ ।

