निषेधाज्ञामा नै यामाहाका मोटरसाइकलमा स्कीम, ब्याज नलाग्नेदेखि कम डाउन पेमेन्टमा माेटरसाइकल किन्न सकिने

फाइल तस्विर

काठमाडौं । यामाहाले शुन्य प्रतिशत ब्याज र कम डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने स्कमी संचालनमा ल्याएको छ । कम्पनीले केही समय अगाडि ल्याएको स्कीमलाई निषेधाज्ञाको समयमा समेत जारी राखेको हो ।

हाल निषेधाज्ञा जारि रहेको समयमा ग्राहकले घरमा नै बसेर यो योजनमा सहभागी हुन सक्नेछन् । ग्राहकले यामाहाको आधिकारिक वेवसाइटमा गएर फारम भर्न सक्नेछन् ।

यामाहाले ल्याएको यो स्कीममा ग्राहकले शुन्य प्रतिशत ब्याजमा वा कम डाउन पेमेन्ट गरेर नै यामाहाका एफआई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

यो योजनामा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने सक्ने ग्राहकले शुन्य प्रतिशत व्याजदरमा १८ महिना किस्ता तिर्नेगरि मोटरसाइकल खरिद गर्न सक्नेछन् । त्यस्तै ३० प्रतिशत डाउन पेमेन्ट गरेर ३० महिनाको किस्ता तिर्ने गरि यामाहाको मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

यो स्कीममा यामाहाका आर १५ भी ३, एमटी १५, फेजर २५, एफजेड २५ र एनम्याक्स १५५ शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् । यी मोटरसाइकलमा ३० प्रतिशत डाउनपेमेन्ट सुविधा भने उपलब्ध छैन । त्यस्तै एफजेड, एफेड भि २, एफजेड भि ३, एसजेड आरआर, सलुटो, फसिनो, रेजेडआर जस्ता मोटरसाइकल तथा स्कुटरमा भने दुबै स्कीम लागु हुने कम्पनीले जनाएको छ ।

यामाहाले नेपालमा सुरुवाती चरणदेखि नै एफआई मोटरसाइकल तथा स्कुटरलाई प्रोत्साहन प्रदान गर्दै आएको र अहिले पनि अन्य कम्पनीको तुलनामा यामाहाको एफआई मोटरसाइकलहरुको मूल्य कम रहेको र यसलाई अझै प्रोत्साहन गर्न यस्तो स्कीम ल्याएको कम्पनीले जनाएको छ ।


Back_to_top