काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यामाहा एनम्याक्स १५५ स्कुटर सार्वजनिक गरेको हो ।
यो स्कुटरमा १ सय ५५ सीसी भिभिए, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । जसले ८ हजार आपीएममा १४.८ पीएस पावर र ६ हजार आरपीएममा १३.५ एनएम टर्क दिन्छ । त्यस्तै एनम्याक्समा एलइडी लाइट सेटअप, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एबीएस, फ्रन्ट तथा रेयर डिस्क ब्रेकलगायत विशेषता रहेको छ ।
स्कुटरमा किलेस स्र्टाटको सुविधासमेत उपलब्ध रहेको छ । त्यस्तै एनम्याक्समा ६.६ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ ।
यसमा भिभिए इन्जिन, डबल डिस्क ब्रेक, डबल च्यानल एबीएस, स्ट्यान्ड सेन्सर, जस्ता उत्कृष्ट फिचर रहेको छ ।
नेपाली बजारमा पहिलो भिभिए, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको यो स्कुटरको मूल्य ४ लाख ६० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ग्राहकले नेपलभर रहेको यामाहाको शोरुममा यो स्कुटर उपलब्ध रहेको जनाएको छ ।

