यामाहाले आफ्नो चर्चित मोटरसाइकल वाइजेडएफ आर १५ भी ३.० लाई नयाँ कलर अप्सनमा बजारमा उतार्ने भएको छ । परिमार्जित ग्राफिक्ससहित आउने यो मोटरसाइकलको मूल्य पुरानो मोडलको भन्दा केही हुन सक्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा रेगुलर मोडलको आर १५ भी ३.० को मूल्य एबीएस भर्सनको ४ लाख ५५ हजार रुपैयाँ र नन एबीएस मोडल ४ लाख २९ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।
ग्राफिक्स र कलरको अलवा मोटरसाइकलमा अन्य कुनै परिमार्जन नगरिएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल म्याट ब्ल्याक, एल्लो र रेसिङ ब्ल्यु कलरमा उपलब्ध छ । मोटरसाइकललाई यामाहामा रेसिंग ब्लु कलर दिइएको छ । यसमा ट्यांकी, साइड प्यानल, फेयरिंमा मोटोजीपी बे्रेकिंग दिइएको छ ।
यसमा उपलब्ध फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिनले १९ बीएच पावरका साथै १५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड म्यानुअल गियर बक्स भएको लिमिटेड एडिसनको स्टान्डर्ड विशेषता अन्तर्गत एलइडी हेडल्याम्प, एलइडी टेल लाइट, फुल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, १७ –इन्च एमआरएफ टायर तथा स्लिपर क्लच रहेको छ ।
मोटसाइकलको फ्रन्टमा टेलिस्कोपी फर्क र रियरमा मनोशोक दिइएको छ । ब्रेकिङ्ग ड्युटीको लागि यसको अघिल्लो पांग्रामा २८२ तथा पछिल्लो पांग्रामा २२० एमएमको डिस्क ब्रेक लगाइएको छ ।


