यामाहाले नेपाल ल्याउने भयो ‘हाइब्रिड स्कुटर’, यस्ताे छ मूल्य

काठमाडौं । यामाहा रेजेडआर १२५ को हाइब्रिड भर्सन नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले भोलि शुक्रबारदेखि हाइब्रिड रेजेडआर १२५ को बिक्री सुरु गर्ने भएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनीले २ लाख ८९ हजार ९०० रुपैयाँ सुरुवाति मूल्य तोकेर बिक्री सुरु गर्ने भएको हो ।

दुई भेरियन्टमा नेपालमा सार्वजनिक हुने हाइब्रिड रेजेडआर १२५ को टप भेरियन्टको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ ।

यामाहा रेजेड आर हाइब्रिडमा १२५ सीसी ब्लु कोर एफआई इन्जिन रहेको छ । यो स्कुटरमा अटोमेटीक स्टप÷स्टार्ट सिस्टम उपलब्ध छ, जसले यो स्कुटरको माइलेज अझै राम्रो बनाउने कम्पनीको दावी छ । हाइब्रिड रेजेड आरमा एलइडी पोजिशन हेडलाइट, डिजिटल कन्सोल, वाइ कनेक्टजस्ता फिचर समावेश छन् ।

कम्पनीका अनुसार यो स्कुटरको इनिशियल (सुरुवाती) पिकअपमा सुधार आएको छ ।

यामाहाले रेजेड आर १२५ को दुई भेरियन्ट विक्री गर्दै आएको छ । जसमा रेजेडआर १२५ एफआईको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ र स्ट्रीट र्यालीको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top