यामाहा भिक्ट्री: बाइकसँग सेल्फि खिचेर आइफोन एक्सएस जित्ने मौका

काठमाडौं । नेपालको लागि यामाहा स्कुटर र मोटरसाइकलको आधिकारिक विक्रेता  एमएडब्लु इन्टरप्राइजेजले दशैंको उपलक्ष्यमा नयाँ योजना ‘भिक्ट्री’ शुभारम्भ गरेको छ ।

यस योजना अन्तर्गत यामाहा स्कुटर तथा मोटरसाइकलहरुमध्ये कुनैपनि एक खरीद गरेर हरेक दिन गरिने लक्की ड्रबाट १ लाख नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।  कुनै पनि यामाहा मोटरसाइकलको खरीदमा ७ हजारदेखि १लाखसम्म नगद छुट प्राप्त गर्नेछन् । साथै यो योजनमामा बाइक तथा स्कुटर खरिद नगरेर पनि सेल्फी प्रतियोगितामा सहभागी भएर हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनामा रहेको छ । सेल्फि प्रतियोगिताको यो हप्ताको विजेता नन्दा महर्जन भएकि छन् ।

हरेक दिन सयौं ग्राहकहरुले यामाहाको शोरुममा बाइकहरुको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई भिक्टर बन्न भ्रमण गरिरहेको कम्पनीले जनाएको छ । यसरी भ्रमण गरेका एक हजारभन्दा बढी सहभागीहरुमध्येबाट २५ जनाले भिक्टर बनेर १/१ लाख रुपैयाँ जितेका छन् ।


Back_to_top