यी ५ कारण, जसले यामाहा R 15-V-3.0 निकै सफल भयो

यामाहाले ल्याएको तेस्रो जेनेरेसनको आर १५ भी ३ ले बिक्री सुरु भएको छोटो समयमै १५० सीसी सेग्मेन्टमा आफुलाई स्थापित गर्न सफल भएको छ । यामाहाले अक्टोवर महिनामा मात्र भारतीय बजारमा यो बाइक १५ हजार यूनिट बिक्री गर्न सफल भएको थियो ।

नेपाली बजारमा सार्वजनिक भएको करिब एक महिनामा नै यो बाइक ८०० यूनिटभन्दा बढी बिक्री भैसकेको छ । मूल्यका हिसाबले ४ लाख १९ हजार रुपैयाँ पर्ने यो बाइकमा यूवाहरुको निकै आर्कषण रहेको पाइन्छ ।

भारतीय र नेपाली बजारमा स्पोर्ट बाइकको क्रेज बढ्दै गईरहेको यो बाएकले पुष्टी गरेको बिष्लेषण अटो पन्डितहरुले गर्ने गरेका छन् । यो बाइक रेगुलर प्रयोगका साथै ट्रयाकमा समेत चलाएर रेसिङको मज्जालिन सकिने किसिमको रहेको छ ।

याे पनि पढ्नुहाेस्: फस्ट राइड रिभ्यूः यामाहा R15-V3.0, कम सीसी उच्च प्रर्दशन

यी ५ कारण जसले बजारमा यामाहा आर १५ भी ३ लाई सफल बनाएको छ ।

मूल्य

भारतीय बजारमा यो बाइकको मूल्य १ लाख २७ हजार रुपैयाँ रहेको छ । सुरुवाति समयमा यसको मूल्यलाई लिएर धेरै आलोचनासमेत भएको थियो । तर, ति सबै तर्कहरुलाई यसको बिक्री आँकडाले गलत साबित गरिसकेको छ ।

यो बाइकलाई २०० सीसी क्षमताको बाइकसँग तुलना गरेर हेर्दा यसमा रहेको फिचर धेरै अब्बल पाउन सकिन्छ । बाइकको प्रभावशाली निर्माण, गुणस्तरीय मेटेरियल तथा सम्पुर्ण हार्डवयरलाई कम्पनीले उच्चस्तरीय बनाएको छ । भारतीय बजारमा भएको १५० सीसी सेग्मेन्टमा नै स्लिपर क्लच दिइएको यो पहिलो बाइक हो ।

शक्तिशाली इन्जिन

यामाहाले भी-२ रहेकै इन्जिनमा भी-३लाई बजारमा ल्याएको हो । १५५ सीसी लिक्वीड कुल्ड इन्जिन दिइएको छ । तर, भी-३ मा कम्पनीले इन्जिनलाई अपडेट गर्न भने कुनै कसर बाँकी राखेको छैन । जसले आर १५ भी-३ लाई धेरै पावरफुल बनाउन मद्धत गर्यो ।

यो अपडेट गरिएको इन्जिनमा कम्पनी भीभीए टेक्नोलोजिको प्रयोग गरेर सेग्मेन्टमा नै पहिलो बाइक बनाउन सफलमात्र भएन आफ्नो बाइकको पावरका कारण छोटो समयमै बजारमा आफ्नो बलियो छाप छाड्यो ।

ह्यान्डलीङ

१५० सीसी सेग्मेन्टमा यो बाइकको ह्यान्डलीङ उत्कृष्ट रहेको छ । आर १५ भी-३ मा कम्पनीले मोटो टायर प्रयोग गरेता पनि यसको ह्वील वेस घटाएको छ । जसले गर्दा राइडिङ तथा ह्यान्डलिङमा कुनै समस्या आउदैन ।

यामाहाले यसमा ह्वील वेस मात्र होइन रेक एंगल अझै सार्प बनाएको छ । भी-३ जेनेरेशन २ भन्दा थोरै भारी बनाइएको भएपनि यसको पावर डेलिभरीले यसको पर्फमेन्समा कुनै बाधा पुर्याएको छैन । फ्रन्टमा २८२ एमएम तथा पछाडि २२० एमएमको डिस्क ब्रेकले बाइकलाई स्टेबल राख्न सहयोग गरेको छ । फ्रन्टमा टेलेस्कोपीकफ्रकतथा रियरमामोनोसक सस्पेन्सनतथा १७इन्चको ह्वीलले बाइकलाइउत्कृष्टबनाएको छ ।

चालक तथा सडकमैत्री

बाइकको अर्को सबल पक्ष भनेको चालक तथा सडकमैत्री हो । यो बाइक सहरी क्षेत्र, हाइवे तथा रेसिङ ट्रयाकमा चलाउन कुनै असुबिधा हुदैन । कम्पनीले यो बाइकको थ्रोटल पावर बढाएको मात्र छैन, यो बाइकलाई ५ गियरमा ३० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउन सक्नेगरि बनाएको छ । यही गियरमा बाइकको थ्रोटलउच्च गराउँदासमेत बाइकले झट्का दिदैन । बाइक होचा तथा अग्ला राइडरलाई कुनै असहजता नहुने राइडिङ पोस्चरमा डिजाइन गरिएको छ । बाइकको मध्यभागमा रहेको ब्रेक तथा गियर प्यानल तथा १८० एमएमको सिट हाइटले जुनसुकै हाइटका राइडरलाई सहजता प्रदान गर्नेछ ।

नयाँ फिचर

एरोडाइनामीक सार्प डिजाइनमा बनाइएको यो बाइक आर१ बाट प्रभावित रहेको छ । आर-१५ भी २ को ट्वीन हेडल्याम्पले राती यात्रामा कठिनाइ भएको धेरै कम्प्लेन रहेको थियो, यामाहाले त्यो समस्यालाइ भी–३ मा समाधान गरेर अझ उत्कृष्ट डिजाइनमा ल्याएको छ । यसमा पुरानो सेमी एनालग डिजिटल कन्सोललाई बिस्थापीत गर्दै पुर्ण डिजिटल कन्सोलको प्रयोग गरेको छ ।


Back_to_top