काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित गणेश चोकमा यामाहाको नयाँ थ्री एस शोरुम संचालनमा आएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्ले काठमाडौं उपत्याकामा आफ्नो सेवा विस्तार गर्ने क्रममा उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।
बुढानीलकण्ठको नयाँ ‘थ्री एस’ शोरुम ह्विलिश ग्यालोर प्रालिले संचालन गर्नेछ । यामाहा नेपालको यो १०३ औँ शोरूम हो ।
नयाँ सोरूममा बिक्री, सर्भिस र स्पेयर पार्टस एउटै छानामुनि उपलब्ध गराइएको छ । जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ ।
दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ह्विलिश ग्यालोरले गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने एमएडब्लू राइड्सका सीईओ दीपक अग्रवालले बताए ।
उक्त शोरुमको उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायतको उपस्थिति थियो ।


