टोयोटा ल्याण्ड क्रुजरको नयाँ प्रतिस्पर्धी ‘टेरानो’ (फोटोफिचर)

काठमाडौं । जापानी कार निर्माता निसानले नयाँ जेनेरेशन टेरानो ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभीले टोयोटाको ल्याण्ड क्रुजरसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

अटो चाइना २०२६ मा प्रदर्शनी भएको निसान टेरानो ‘बढी अन फ्रेम’मा आधारित एसयूभी हो । झट्ट हेर्दा नै निकै मस्कुलर लाग्ने नयाँ जेनेरेशन टेरानोले ल्याण्ड क्रुजरलाई टक्कर दिने अनुमान गर्न सकिन्छ ।

यसअघि रेनो डस्टरमा आधारित टेरानो नेपालमा पनि बिक्री भएको थियो । तर, निसानले नयाँ एसयूभी पूर्णत अफरोड मोडल बनाएर ल्याएको देख्न सकिन्छ ।

चीनमा डोङफेङ र निसानको सहकार्यमा उत्पादन हुन लागेको नयाँ जेनेरेशन टेरानो निकै बल्की डिजाइनमा देखिएको छ । प्लगइन हाइब्रिड टेक्नोलोजी सहित आउने टेरानो एसयूभी रग्ड देखिन्छ । यसमा १.५ लिटर टर्बो इन्जिन रहने छ ।

प्लगइन हाइब्रिड भएको कारण यसमा इलेक्ट्रीक मोटर पनि प्रयोग हुन्छ । ठ्याक्कै कम्पनीले मोटर साइज घोषणा नगरेपनि विभिन्न रिपोर्टहरुले १५६ किलोवाटको मोटर रहने छ । इन्जिन र मोटरको संयुक्त पावर ३२० किलोवाट (४२९ हर्स पावर) रहने छ । यसको संयुक्त पीकटर्क भने ८०० न्यूटन मिटर हुनेछ ।

जापानी उत्पादकले यसमा ३३ किलोवाट आवर क्षमताको हाइभोल्टेज ब्याट्री प्रयोग गर्नेछ । यसलाई ब्याट्री मात्रैले १०० किलोमिटर गुडाउन मिल्ने जनाइएको छ ।

नयाँ टेरानो एसयूभीमा भेहिकल टु भेहिकल (भीटुभी) र भेहिकल टु लोड (भीटुएल) सुविधा उपलब्ध हुनेछ । सम्भवत २०२७ बाट मात्रै यसको बिक्री सुरु हुनेछ ।


Back_to_top