काठमाडौं । नेपाली यूवा डिजाइनहरुको टिमले तयार पारेको इलेक्ट्रीक मोटरसाइकलका केहि झलकहरु सार्वजनिक गरिएको छ । यात्री नामबाट आउने इलेक्ट्रीक मोटरसाइकलको निर्माणको क्रममा भइरहेका कामलाई कम्पनीले आफ्नो आफ्नो शोसल मिडिया पेजमा सेयर गरेको हो ।

यात्री मोटरसाइकल्स नामक पेजमा कम्पनीले आफ्नो गतिविधिलाई मार्च १३ मा पेष्ट गर्दै लेखेको छ, ‘अबको ५ हप्तामा हाम्रो लागि ठूलो दिन आउने छ ।’ यसको मतलव कम्पनीले आफ्नो नयाँ मोटरसाइकल अप्रिल तेस्रो सातामा सार्वजनिक गर्ने तयारी गरेको बुझन् कठिन छैन ।
यात्री मोटरसाइकलको ‘पी-०’ प्रोजेक्ट अघिल्लो वर्षदेखि चलिरहेको छ । यसबीचमा कोभिड १९ को संक्रमणको कारण केहि पार्टस् आयातमा कठिनाई भएपनि कम्पनीले अन्य थप काम गरिरहेको यसअघि नै जानकारी दिएको थियो । अब कम्पनीले यसअघि घोषणा गरेको पी-० प्रोजेक्टको अलावा कम मूल्यको अन्य कुनै प्रोजेक्ट पनि घोषणा गर्ने अनुमान गरिएको छ ।
यात्रीले यसअघि घोषणा गरेको पी-० अन्तर्गत बन्ने मोटरसाइकल भने महंगो मूल्यको हुने बताइएको थियो । तर, यसको मूल्य कति भन्ने विषयमा भने जानकारी दिइएको थिएन । राष्ट्रीय तथा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चित बनेको यात्री मोटरसाइकलले नेपाली उपभोक्ताको लागि नयाँ ‘सरप्राइज’ मोडल घोषणा गर्ने अनुमान गर्न सकिन्छ ।


