विद्युतीय कारलाई केन्द्रपछि प्रदेश सरकारको अर्को झट्का

काठमाडौं । सरकारले विद्युतीय कारमा भारी कर वृद्धि गरेसँगै प्रदेश सरकारले पनि विद्युतीय कारमा वार्षिक दस्तुर लगाएको छ ।
भोलिबाट सुरु हुने आर्थिक वर्ष २०७७/७८ बाट लागु हुनेगरि प्रदेश सरकारले इलेक्ट्रीक कारमा कर बढाएको हो ।

केन्द्र सरकारले विद्युतीय कारमा लाग्दै आएको करका दरमा व्यापक वृद्धिगरेसँगै प्रदेश सरकारलेपनि कर थपेको हो ।

उपत्यका सहितको बागमती प्रदेशले गाडीको मोटर क्षमता अनुसार नै कर लगाएको छ। अब ५० किलोवाटदेखि १२५ किलोवाट क्षमताको मोटर जडान भएको कारले १५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्ने छ ।

त्यसैगरि १२६ देखि २२५ किलोवाट क्षमताका सवारी साधनले वार्षिक २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । साथै, २२६ किलोवाट भन्दा माथि क्षमताको मोटर जडान भएका सवारी साधनले वार्षिक ३० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यसअघि यस्तो किसिमको कुनैपनि सवारी साधन कार तिर्नु पर्दैन थियो । यसले सरकार पूर्णत इलेक्ट्रीक कार प्रतिबन्ध लगाउने मुडमा रहेको अनुमान गर्न सकिन्छ ।


Back_to_top