काठमाडौं । संसदको आजको बैठकको सुरुवातमै विशेष समय लिएर सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको विषयमा मिडियामा आएको विषय उठाउँदै कसको निर्देशनमा करका दर बढाइएको भनेर प्रश्न उठाए ।
सांसद भट्टराइले भने, ‘कसको निर्देशनमा विद्युतीय गाडीमा कर लगाइएको हो । कसले खटाएर चाउचाउमा चाहिने कच्चा पदार्थमा लगाइएको कर घटाइयो उत्तर चाहियो । बजेट बनाउने बेला कसैले सुइको नपाउने ब्यवस्था गर्दा कसलाई लगेर करका दर चलाइयो ?’
आज एक दैनिक पत्रिकाले अर्थमन्त्री जनार्दन शर्मा माथि नैतिक प्रश्न उठाउँदै ‘बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए…’ शिर्षकमा समाचार प्रकाशन गरेसँगै यो विषय संसदमा भट्टराईले उठाएका हुन् ।
कुनै ब्यवसायीक घराना विशेषलाई फाइदा पुग्नेगरी बजेट निर्माणमा विचौलीया प्रबेश गरेको हो भन्दै भट्टराईले प्रश्न उठाएका थिए ।

