क्रसफायरले बढायो १ लाख ४० हजार रुपैयाँसम्मले मोटरसाइकलको मूल्य

काठमाडौं । क्रसफायर मोटरसाइकलको नयाँ मूल्यसुची सार्वजनिक भएको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलको मूल्य १ लाख ४० हजार रुपैयाँसम्मले वृद्धि भएको हो ।

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले विक्री गर्ने ३ मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।

कम्पनीले विक्री गर्ने क्रसफायर आरएम २५० को मूल्य १ लाख ४० हजार रुपैयाँ, एचजे २५० मा १ लाख रुपैयाँ, ट्रेकर २५० मा ३५ हजार रुपैयाँ मूल्य वृद्धि भएको हो ।

क्रसफायर आरएम २५० को नयाँ मूल्य ८ लाख ८८ हजार रुपैयाँ, एचजे २५० को मूल्य ७ लाख ७० हजार रुपैयाँ, ट्रेकर २५० को मूल्य ४ लाख १० हजार रुपैयाँ निर्धारण भएको छ ।


Back_to_top