काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल ब्राण्ड जीकरले अमेरिकाको लस भेगसमा आयोजना हुने ‘कन्जुमर इलेक्ट्रोनिक्स शो २०२५’मा आफ्ना तीन मोडल देखाउने भएको हो ।
चिनियाँ अटोमोवाइल ग्रुप जिली होल्डीङको सहायक कम्पनी जीकरले आफ्नो प्रिमियम मोडलहरु सीइएस २०२५ मा देखाउन लागेको हो । चीनबाट सीईएसमा सहभागिता जनाउने जीकर एक मात्रै ब्राण्ड समेत हो ।
जीकरले अमेरिकामा हुने शोमा आफ्नो जीकर-००१ क्रसओभर कुप्पे, जीकर मिक्स भ्यान र जीकर-००९ ग्राण्ड लग्जरी मोडल देखाउने भएको हो । सन् २०२३ बाट गाडी उत्पादनमा आक्रमक बनेको जीकर लग्जरी र पर्फर्मेन्समा आधारित विद्युतीय कार बनाउँदै आएको ब्राण्ड हो ।
विश्वकै ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो मानिने सीइएसमा जीकरको सहभातिगालाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । यसले चाँडै जीकर अमेरिकी बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


