सुजुकीको कम मूल्यकाे माइक्रो एसयूभी एस-प्रेसोको बुकिङ्ग खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकीले माइक्रो एसयूभी भन्दै निर्माण सुरु गरेको एस–प्रेसो भारतीय बजारमा आगामी सेप्टेम्बर ३० तारिकमा सार्वजनिक हुँदैछ । यस्तोमा सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले नेपालमा एस–प्रेसोको बुकिङ्ग सुरु गरेको हो ।

नयाँ कारको नेपाली बजारमा सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने अटो शोमा बुकिङ्ग गर्न चाहने ग्राहकले ५ देखि २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् । 

‘भारतीय बजारमा सेप्टेम्बर ३० मा सार्वजनिक हुने यो माइक्रो एसयूभी नेपाली बजारमा अक्टुबरमा बुकिङेग गर्ने ग्राहकलाई दिनेछौं’ कम्पनीका प्रबन्ध निर्देशक करण चौधरीले मेरोअटोसँग भने । 

अटो बजारको व्यवसायीक तरिका परिवर्तन हुने देखिएको छ । पहिला चलन चल्तीको सेडान त्यसपछि ह्याचव्याक हुँदै एसयूभीमा बजार प्रबेश गरेसँगै कम्पनीहरुले साना गाडी पनि एसयूभी वेसमा रहेर निर्माण गर्न थालेका छन् । 

सन् २०१८ को दिल्ली अटो एक्सपोमा कन्सेप्ट देखाइएको यो माइक्रो एसयूभीबाट कम्पनीले निकै राम्रो व्यापार गर्ने अपेक्षा गरेको छ । 

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिने यो कारमा १.० लिटरको ३ सिलिण्डर के सिरिजको पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । 

यो गाडीको मुख्य विशेषता मध्य माइलेज पनि एक हुने कम्पनीले जनाएको छ । यसले प्रतिलिटर २४ देखि २५ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ  । यो कारमा ५ स्पीड म्यानुयल ट्रान्समिसन र एएमटी गियरबक्स उपलब्ध हुने अनुमान गरिएको छ । 

भारतीय नयाँ सुरक्षा मापदण्ड र नयाँ प्रदुषण मापदन्ड अनुसारको हुनेछ । कारमा स्ट्याण्डर फिचरको रुपमा अगाडि २ वटा एयरव्याग रहेको छ भने, इबीडी सहितको एबीएस ब्रेकिङ्ग सिस्टम, रियर पार्किङ्ग सेन्सर जस्ता सेफ्टी फिचर हुनेछ । 


Back_to_top