बजाज पल्सर एनएस २०० एफआई सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एफआइ भर्सन नाडा अटो शोमा सार्वजनिक भएको छ ।  यो मोटरसाइकल भारतीय बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ । 

यो मोटरसाइकल बजाजका लागि नेपालको आधिकारीक वितरक एचएच बजाजले नेपालमा नै उत्पादन गरेको हो । 

एनएस २०० एबीएससहित एफआई इन्जिनमा ल्याउँने तयारी समेत कम्पनीले गरेको छ । २०० सीसी नेकेड रोडस्टर मोटरसाइकल एनएस २०० उच्च प्रदुषण मापदन्ड अनुसार रहेको कम्पनीले जनाएको छ । 

यसमा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९ हजार ७५० आरपीएममा २३.१७ बीएचपी पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।

फुल एलइडी हेडलाइट र सेमि डिजीटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको बाइकमा एनालग टेकोमिटर जस्ता विशेषता दिइने छ ।

हाल नेपाली बजारमा एनएस २०० कार्बुरेटर भर्सनमा उपलब्ध रहेको एनएस २०० को मूल्य ३ लाख १९ हजार ९०० रहेको छ भने, नयाँ सार्वजनिक भएको एफआई एनएस २०० को मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ तोकीएको छ। 


Back_to_top