एमभी अगस्टाको ३५० सीसी मोटरसाइकल आउँदै, मूल्य कति होला ?

प्रिमियम मोटरसाइकल निर्माता कम्पनी एमभी अगस्टाले ३५० सीसी तथा ५०० सीसीको मोटरसाइकल ल्याउने भएको छ । चिनियाँ मोटरसाइकल निर्माता कम्पनी लिन्सीनसँगको सहकार्यमा सानो सेग्मेन्टमो मोटरसाइकल निर्माण गर्ने भएको हो । हाल कम्पनीसँग उच्च सीसीका मोटरसाइकल मात्र उपलब्ध रहेको छ । भारतीय मिडिया रिर्पोटका अनुसार इटालीयन मोटरसाइकल निर्माता कम्पनी एमभी अगस्टाले २०२० को अन्त्यसम्ममा भारतीय बजारमा आफ्नो यी मोटरसाइकल सार्वजनिक गर्ने जनाएका छन् ।

कम्पनीले अगस्टा–लिन्सीन मोटरसाइकललाई ४ मोडलमा बजारमा ल्याउने छ । यी सबै मोटरसाइकल एमभी अगस्टा डीएनए बाट प्रभावित हुने कम्पनीले जनाएको छ । यी मोटरसाइकलले नयाँ राइडरहरुलाई एमभी अगस्टाको इतिहाससँग जोडिने अवसर प्रदान गर्ने कम्पनीको दावी रहेको छ ।

अगस्टा लिन्सीनको सहकार्यमा ३५० सीसी तथा ५०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको हो । यी मोटरसाइकलहरुमा कम्पनीले नयाँ साउन्ड तथा नयाँ डाइनामीकमा आउने छ । यसका साथै कम्पनीले यी बाइकलाई यो सेग्मेन्टमा नै प्रिमियम बनाउने समेत घोषणा गरेको छ ।

इटालियन कम्पनी एमभी अगस्टाको मोटसाइकलहरु प्रिमियम रहेका छन् । यसको आर्कषक डिजाइन तथा उच्च सीसीका मोटरसाइकलको मूल्य समेत उच्च रहेको पाइन्छ । कम्पनीले ३५०/५०० सीसीमा एमभी अगस्टा मोटरसाइकललाई समेत प्रिमियम बनाउने घोषणा गरेसँगै यी मोटरसाइकलको समेत मूल्य नघट्ने कम्पनीले जनाएको छ ।


Back_to_top