निसानको इलेक्ट्रीक कार लिफ नेपाल आउँदै, थाहापाउनुस् मूल्य र विशेषता

काठमाडौं । निसानको चर्चित इलेक्ट्रीक कार नेपाल आउने भएको छ । नेपालको लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले लिफलाई नेपाल ल्याउन लागेको हो ।

निसान लिफ विश्व बजारमा अहिलेसम्मकै धेरै बिक्री भएको इलेक्ट्रीक कार मोडल हो । निसानले २०१९ मा नै भारतीय बजारमा समेत लिफ सार्वजनिक गर्दैछ भने नेपाली बजारमा ढिलोमा २०२० को जनवरीमा सार्वजनिक हुने छ ।

निसानले विश्वभर ४ लाख युनिट निसान लिफको बिक्री गरिसकेको छ । पछिल्लो दिनमा नेपाली बजारमा पनि इलेक्ट्रीक कारको बिक्री बढ्दै गएकाले पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउन लागेको जनाएको छ । 

निशान लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २१४ बीएच पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । लिफले एक पटकको पूलचार्जमा ३६३ किलोमिटर रेञ्ज प्रदान गर्नेछ । 

कारमा व्याट्री बचतको लागि बिभिन्न तीन मोडहरु उपलब्ध रहेको छ । इको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशतले रेञ्ज बढ्ने कम्पनीले दाबी गरेको छ ।

यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । कारमा नै दिइएको ३ किलोवाट क्षमताको चार्जरले ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ । 

अन्तर्राष्ट्रिय बजारमा २९ हजारदेखि ४२ हजार अमेरिकी डलर रहेको यो इलेक्ट्रीक कार नेपाल आउँदा सुरुवाति मूल्य ५५ लाख हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ ।


Back_to_top