यसरी हटाउनुस् जाडोमा कारको सिसामा जम्ने वाफ

काठमाडौं । प्राय: जाडो मौसममा कार चलाएर हिड्दा गाडीको अगाडिको सिसामा वाफ जमेर बाहिरको दुष्य नै नदिखिने हुने गर्छ । त्यस्तो वाफलाई कपडाले पुछेर वा अन्य कुनै प्रक्रियाबाट सहजै हटाउन सकिदैन । 

अगाडिको सिसामा नै वाफजम्दा जाडो मौसममा गाडी चलायर हिड्न सारै अफ्ठ्यारो पार्ने गर्छ । यसरी वाफ लाग्दा भिजिबिलीटी कम भएर दुर्घटना समेत हुने गरेको समाचार आउने गरेका छन् ।

जाडो महिनामा वा पानी परेको अवस्थामा यस्तो वाफ सिसामा उठेर बाहिर केही नदेखिने हुने गर्छ । कहिले काही गर्मीको मौसममा पनि गाडी भित्र एसी खोलेर हिड्दा यस्तो समस्या आउने गर्छ । यस्तो समस्या आउनुको मुख्य कारण कार भित्र र वाहिरको फरक तापक्रमले गर्दा हो । 

जाडो मौसममा कारको भित्री भागमा बाहिरभन्दा बढि तातो हुने गर्छ जसको कारण सिसामा वाफ लाग्छ । कार भित्र विभिन्न कारणले उत्पन्न हुने तातो हावा बाहिरको तापक्रमसँग मेल नखाँदा सिसामा वाफ बन्ने गर्छ । 

कसरी पाउने छुटकारा ?

जाडो मौसममा कार चलाएर हिड्दै गर्दा वा कार स्टार्ट गर्दाको सुरुकै अवस्थामा पुरै सिसा वाफले ढाकेको छ भने त्यसलाई तत्काल सफा गर्नु पर्छ । 

यस्तो अवस्थामा सबैभन्दा पहिला गाडीमा रहेको एसी चलाउनु पर्छ र हावाको फ्लो सिधा अगाडिको सिसामा लगाउनु पर्छ । एयर कन्डिसनले चिसो हावा सिसामा फाल्न थालेसँगै विस्तारै वाफ हट्दै जान्छ । 

केही समय पछि एसीको तापक्रम बिस्तारै बढाउदै लानु पर्छ । सिसामा वाफ जम्यो भन्दैमा हातले सफा गर्नु हुँदैन । हातले सफा गर्ने प्रयास गरेमा झन सिसामा दाग लाम्न सक्छ ।

यदि गाडीमा एसी छैन भने के गर्ने त ? अथवा जाडोमा एसी खोलेर गाडी चलाउने कुरो संभव हुँदैन । यस्तो अवस्थामा गाडीमा रहेको हिटर खोलेर पनि वाफ हटाउन सकिन्छ । तर, याद राख्नु पर्ने कुरा केहो भने हिटर चलाउदा गाडीमा हावाको फ्लो भने वाहिरको हुन जरुरी छ । क्याविन भित्रको हावा सर्कुलेट गर्दा राम्रोसँग काम गर्दैन । साथै पछाडिको सिसा पनि केही मात्रामा खोल्न जरुरी हुन्छ ।

एसी चलाउनको लागि कम्प्रेसर चल्नुपर्छ र त्यसले गाडीको माइलेज पनि कम गर्छ त्यसकारण सकेसम्म हिटरबाट वाफ उडाउने प्रयास गर्नु पर्छ ।


Back_to_top