प्रिमियम एसयूभीमा ‘प्यूजो-३००८’ले बजार बनाउदै, यस्तो छ मूल्य

काठमाडौं । प्यूजाको लागि नेपालको आधिकारिक वितरक सांग्रिला मोटर्सले प्यूजोको प्रिमियम एसयूभी-३००८ मोडलको बिक्री वितरण गरिरहेको छ । कम्पनीले ३००८ मोडलको दुई भेरियन्ट नेपालमा बिक्री गरिरहेको हो । 

विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको प्यूजो-३००८ मा युरो ६ प्रदुषण मापदण्ड अनुसारको इन्जिन दिइएको छ । यसमा उपलब्ध इन्जिनले ६ हजार आरपीएममा १६५ हर्ष पावरका साथै १४ सय आरपीएममा २४० एनएम टर्क उत्पादन गर्छ । 

यस एसयूभीमा एड्भान्स इन्फोटेनेमन्ट सिस्टमसँगै थ्रिडी सेटलाइट नेभिगेसनको सुविधा दिइएको छ । साथै, यसमा ८ इन्चको कलर स्क्रिन र युरोयिन म्यापिङ, थ्रिडी सिटी म्यापिङ, भ्वाइस रिककनाइजेशनको विशेषता दिइएको छ । 

प्यूजो–३००८ एसयूभीमा चार्जिङ  प्लेट, इन्डेक्टीभ चार्जिङ प्रविधिको साथै फोस्कलको प्रिमियम हाइफाई सिस्टम, १८० डिग्री क्यामरा, पार्क असिस्ट सिस्टम, स्मार्ट  इलेक्ट्रीक टेलिगेट टेक्नोलोजी, थ्रिडी इफेक्ट एलइडी लगायतका विशेषता दिइएको छ ।  

सुरक्षालाई मध्यनजर गर्दै कारमा एबीएसडी, लेन किपिङ असिटेन्स, एडभान्स ड्राइभर अलर्ट सिस्टमजस्ता फिचर उपलब्ध रहेको छ । 

नेपाली बजारमा प्यूजो अलुरको मूल्य १ करोड १३ लाख, जिटी लाइनको मूल्य १ करोड १९ लाख रहेको छ भने । २०१९ मोडल प्यूजो–३००८ स्पोर्टसको मूल्य १ करोड २० लाख, स्पोर्टको साथ सनरुप भएको मोडलको १ करोड २४ लाख रुपैयाँ रहेको छ । साथै फुलअप्सन मोडलको १ करोड ३० लाख रुपैयाँ तोकिएको छ । 


Back_to_top