काठमाडौं । होन्डाले २०२१ मा सार्वजनिक गर्ने तयारी गरेको होन्डा ज्याज हाइब्रिड पावरट्रेन सहित तीन इन्जिन अप्सनमा सार्वजनिक भएको छ । कम्पनीले यसको नयाँ संस्करण व्यापक परिमार्जनसहित जापानमा सुरु भएको ६४ औं टोकियो मोटर शोमा सार्वजनिक गरेको हो ।
विभिन्न पाँच भेरियन्टमा आउने ज्याजलाई विश्वका केही देशमा फिट नामबाट पनि बिक्री गर्ने गरिएको छ । यसमा फेब्रिक सिट, लेदर र्याप स्टेयरिङ ह्वील, सफ्ट प्याडिङ, इन्स्ट्रुमेन्ट प्यानलको विशेषता दिइएको छ ।
आकर्षक डिजाइनमा आएको ज्याजको नयाँ संस्करणमा १६ इन्चको आल्म्युनियम ह्वील, फ्रन्टमा वाइड एङ्गल क्यामरा, ड्राइभ असिष्ट टेक्नोलोजी, ८ सोनार सेन्सर माउन्टेड, सर्ट डिस्ट्यान्स कोलिजन मिटीगेसन ब्रेकिङ सिस्टमको विशेषता दिइएको छ ।
यसमा ठूलो इन्फोटेन्नटमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र माइल्ड हाइब्रिड मोटरका साथ आउने छ । कम्पनीले यसमा तिन इन्जिन अप्सन दिएको छ । जसमा १.२ लिटर पेट्रोल, १.५ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ ।
यसमा उपलब्ध भिआइए स्मार्टफोन कनेक्टीभिटीमा इमर्जेन्सी सपोर्ट सर्भिसको फिचर समेटिएको छ । यसको फ्रन्ट साइडमा पिलर, अपराइट ग्रिल, नयाँ बम्पर, वाइडर एयर इन्टेक, एलइडी डिआरएलएस, यु सेप टेललाइटसँगै एबीएस, इबीडी, एयरब्याग लगायतका विशेषता दिइएको छ ।
नयाँ ज्याज सवफोर मिटरमा उत्पादन भएको ह्याचव्याक कार हो । होन्डाका अनुसार यो कार पूर्णत रि–डिजाइन गरिएको छ र यसले ग्राहकको मन जित्ने छ । अहिलेको रेगुलर मोडलको तुलनमा निकै आरामदायी रहेको नयाँ ज्याज तत्काल जापान र यूरोपियन बजारमा बिक्री सुरु हुनेछ ।


